नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उनले बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

प्रधानमन्त्रीकै निम्तामा बालुवाटार पुगेका उनलाई प्रधानमन्त्रीले बधाई तथा शुभकामना दिएका थिए । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जनएको छ ।

प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख दुखमा आफू साथमै रहेको समेत बताएका थिए । सामान्य परिवारबाट गायन क्षेत्रमा आएका करण परियारको स्वरको तारिफ हुँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन प्रेस युनियनको चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको …

प्रतिकृया दिनुहॊस