आर्थिक

भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त

काठमाडौँ । सरकारले भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेललाई नियुक्त गरेको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले पौडेललाई महानिर्देशक नियुक्त गरेका हुन् । यसअघिका महानिर्देशक चक्रबहादुर बुढा २७ वैशाखमा संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयमा सरुवा भएका थिए । त्यसपछि पौडेललाई अर्थमन्त्रालय अन्तर्गतको विभामा ल्याइएको हो । पौडेल खानेपानी मन्त्रालयबाट अर्थमा आएका हुन् ।

पुरा पढ्नुहॊस »

सुनको भाउ हालसम्मकै उच्च

काठमाडौ । नेपाली बजारमा बुधबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। बुधबार सुनको भाउ तोलमै १ हजार ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । म‌ंगलबार पनि सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सिइओमा सैंजु नियुक्त

काठमाडाैँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा निरज मान सैंजु नियुक्त भएका छन् । कम्पनीमा अनुभवी कार्यकारी अधिकृत निरज मान सैंजुको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँ उचाइ लिने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । ४२ वर्षीय सैंजुको बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव साथै धेरै वाणिज्य बैंकहरूको फिल्ड ट्रेजरी विभागमा १५ वर्षभन्दा बढी उत्कृष्ट अनुभव रहेको बताइएको छ । क्यानडास्थित सेक्युरिटी …

पुरा पढ्नुहॊस »

५० मेगापिक्सेल क्यामेरा भएको रेड्मी १२सी नेपाली बजारमा, मूल्य १७ हजार

काठमाडौं । नेपाली बजारमा साओमीले सस्तो मूल्यको रेड्मी फोन सार्वजनिक गरेको छ । कम्पनीले नेपाली उपभोक्ताका लागि तीन र्‍याम/स्टाेरेज भेरियन्टमा रेड्मी १२सी फोन उपलब्ध गराएको हो । कम्पनीका अनुसार ३ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टोरेज भएको फोनको मूल्य १३ हजार ४९९ रुपैयाँ छ । त्यस्तै ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज रहेको अर्को भेरियन्टको फोनको मूल्य १४ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले ६ …

पुरा पढ्नुहॊस »

अरोगीन हेल्थ केयरमा आईएमई पे मार्फत भुक्त्तानी गर्दा ४५ प्रतिशतसम्म छुट

काठमाडाैं । ‘आइएमई पे’ र अरोगीन हेल्थ केयर बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, अब अरोगीन हेल्थ केयरमा आइएमई पे मार्फत भुक्त्तानी गर्दा ४५ प्रतिशतसम्म छुट प्राप्त सकिने छ। सम्झौता पत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका हुन्। उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थ केयरको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्त्तानी गर्दा सुबिधा बमोजिम …

पुरा पढ्नुहॊस »

उच्च अंकले घट्यो सेयर बजार

काठमाडौं । सेयर बजार उच्च अंकले घटेको छ । मंगलबार सेयर बजार ५३.१६ अंकले ओरालो लागेर १८८८.६१ विन्दुमा झरेको छ । ७० लाख ७४ हजार २५५ कित्ता किनबेच हुँदा कुल २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँको कारोबार भएको छ । ९ कम्पनीको मूल्य बढ्दा २०७ कम्पनीको घट्यो भने ३ कम्पनीको स्थिर रहेको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको २१ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । …

पुरा पढ्नुहॊस »

नमोबुद्ध र बेथानचोक बजार क्षेत्रमा निःशुल्क इन्टरनेट

काठमाडाैं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाको मुख्य बजार क्षेत्रमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरिएको छ । आमनागरिकलाई गाउँ गाउँमै इन्टरनेट सेवा उपलब्ध गराउने उद्धेश्यले ती पालिकाको समन्वयमा बजार क्षेत्र र वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको हो । नमोबुद्धले नगरको मुख्य चोक क्षेत्रमा निःशुल्क इन्टरनेट चलाउन पाउने गरी व्यवस्था मिलाएको जनाएको छ । नगरप्रमुख कुन्साङ लामाले आफ्नो क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र बनाउने उद्देश्यले पहिलो पटक …

पुरा पढ्नुहॊस »

प्रतितोला २४ सयले बढ्यो सुनको भाउ

काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २ हजार ४०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन …

पुरा पढ्नुहॊस »

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट, चालु आवकोभन्दा अर्ब कम

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले …

पुरा पढ्नुहॊस »

सरकारले आगामी वर्ष नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा अनावश्यक क्षेत्रमा हुने खर्च कटौती गर्ने भएको छ । संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले उस्तै प्रकृतिका २० वटा संस्था खारेज गर्ने जानकारी दिए । विभिन्न प्रकारका भत्ताको खारेज गरिने उनले बताए । नयाँ गाडी नकिन्ने, अत्यावश्यकबाहेक नयाँ भवन नबनाउने, गाडीको सुविधा पाउने कर्मचारीलाई इन्धन खर्चबापत नगद नै दिने तथा पुराना र प्रयोगविहीन सामान छ महिनाभित्र लिलाम गर्ने, अत्यावश्यकबाहेक वैदेशिक भ्रमणमा रोक …

पुरा पढ्नुहॊस »