मूल्यवृद्धिको १ वर्ष नपुग्दै फेरि प्रतिलिटर १४ रुपैयाँले बढ्यो दूधको मूल्य

काठमाडौँ । प्रशोधित दूधको मूल्य एकैपटक १४ रुपैयाँले बढेको छ । प्रतिलिटर ८६ रुपैयाँ कायम रहँदै आएको दूधको मूल्य १४ रुपैयाँले बढाएर प्रतिलिटर एक सय रुपैयाँ पुर्‍याइएको हो।

मूल्यवृद्धि गरेको एक वर्ष नपुग्दै फेरी डेरी उद्योगीहरूले दूधको खुद्रा मूल्य बढाएका हुन् । राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार दुईरदुई वर्षमा मात्रै बजारमूल्य समायोजन गर्न पाइन्छ ।

यसअघि ०७८ माघ २८ मा सरकारले दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्य बढाइसकेको छ । तर सरोकारवाला निकायसँग छलफल र नीतिविपरीत केही उद्योगीले मनलाग्दी मूल्य बढाएका हुन् । बढेको मूल्य आजदेखि नै लागू हुनेछ ।

यता, डेरी उद्योगको निर्णयमा राष्ट्रिय दुग्ध विकास बोर्डले पनि आपत्ति जनाएको छ । नीतिविपरीत उद्योगीको निर्णयले उपभोक्ता मारमा पर्ने बोर्डका अध्यक्ष राजेन्द्र यादवको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after