‘नो रेमिट्यान्स’ अभियान चल्न थालेपछि पछि हट्याे सरकार

काठमाडौँ । विदेशबाट फर्फिने नेपालीले ल्याउने व्यक्तिगत मोबाइलमा प्रतिबन्ध लगाउने निर्णयपछि खास गरी वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली आक्रोशित भएका छन् । विदेशमा बस्ने नेपालीले अर्थमन्त्री विष्णु पौडेललाई नै ‘मेन्सन’ गरेर सामाजिक सञ्जाल फेसबुकमा आक्रोश जनाइरहेका छन् ।

उनीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग सहित विरोध सुरु गरेपछि यतिबेला सरकार उक्त व्यवस्था कार्यान्वयनबाट पछि हटेको छ । अर्थमन्त्री विष्णु पौडेलले भन्सार विभागका अधिकारीसँग यो विषयमा छलफग गरेका छन् । यसको विकल्पका बारेमा समेत कुरा भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बिहीबार विभाग र दूरसञ्चार प्राधिकरणका अधिकारीलाई निर्देशन दिँदै उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

विदेशमा रहेका झण्डै ५० लाख नेपालीले वार्षिक झण्डै १० खर्ब रुपैयाँ रेमिट्यान्स पठाउँदै आएका छन् । वैदेशिक रोजमागरमिा रहेकाहरु वार्षिक नेपालको वार्षिक बजेटको झण्डै दुईतिहाई बराबरको रकम विदेशबाट पठाउँदै आएका छन् । त्यही रेमिट्यान्सको भरमा देशमो अर्थतन्त्र टिकेको छ ।

तर, उनीहरुले आफू र आफ्ना आफन्तका लागि ल्याउने मोबाइल नै रोक्न खोजेपछि सरकारको उक्त तयारीको चौतर्फी विरोध भएको हो । अर्थमन्त्री विष्णु पौडले यसको विकल्पको बारेमा छलफल गरी विदेशबाट फर्किने नेपालीलाई निराश नपार्ने व्यवस्था गरिने बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस