आविष्कार केन्द्रलाई यूएन कलेजको आर्थिक सहयोग

काठमाडाैं । सुनसरीको धरान उपमहानगरपालिका १६ मा विगत दश वर्षदेखि सञ्चालन हुँदै आएको नवोदय प्लस टुु यू एन कलेजले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ।

यूएन कलेज विज्ञान संकायका ११ र १२ कक्षामा अध्यनरत ५० जना विद्यार्थीको नेतृत्व गरी शुक्रबार कलेजको तर्फबाट कलेजका प्राध्यमपक तथा यूएन नवोदय हेल्पिङ्ग ह्यान्डका संयोजक राम बहादुर लिम्बुले आविष्कार केन्द्रमै पुगरे केन्द्रका अध्यक्ष डा.महावीर पुनलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन्।

यूएन कलेजका प्राध्यापक तथा युएन नवोदय हेल्पिङ्ग ह्यान्डका संयोजक राम बहादुर लिम्बु विज्ञान संकायका कोअर्डिनेटर आकाश अधिकारीलगायत ५० विद्यार्थीहरुलाई आविष्कार केन्द्रका प्रविन बोहरा र सौरभसिंह चौधरीले केन्द्रले गरिरहेको कामको बारेमा जानकारी दिनुका साथै केन्द्रको अवलोकन भ्रमण समेत गराएका थिए।

कलेजका विद्यार्थी दिपेन भण्डारी, सेबिका राई, सुसान जिसी असु लिम्बुलगायतले आविष्कार केन्द्रको बारेमा विभिन्न प्रश्नहरु गरेका थिए।

सो प्रश्नको जवाफ दिँदै केन्द्रका अध्यक्ष महावीर पुनले आविष्कार केन्द्रलाई सघाउन नागरिक स्तरबाट स्वतःस्फूर्त रुपमा आर्थिक सहयोग जुटेको बताउँदै वैज्ञानिक खोज अनुसन्धान गर्न र नेपाली जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री