बैंकिङ्ग

बनेपा र कुशादेवीमा देवः विकास बैंक

काठमाडौं । देवः विकास बैंकले बनेपा नगरपालिकाको बनेपा बजार र पनौती नगरपालिका–२, कुशादेवीमा शाखा सञ्चालनमा ल्याएको छ । बनेपा शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले र कुशादेवी शाखाको बैंकका सञ्चालक समितिका अध्यक्ष अवकाशप्राप्त उपरथी बज्र गुरुङले उद्घाटन गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले १ दशक अगाडि बनेपा एक्स्टेन्शन काउन्टरबाट सेवा प्रदान गरेको बैंकले यस क्षेत्रमा बढ्दै गएको आर्थिक गतिविधिलाई दृष्टिगत गरी एक्शटेन्शन काउन्टरलाई शाखामा …

पुरा पढ्नुहॊस »

कामना सेवाको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न, ९ प्रतिशत बोनस पास

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारणसभा असार १४ गते काठमाडौं सम्पन्न भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १.५ प्रतिशत बोनस सेयर दिने बैंकको प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७४/०७५को वासलात, नाफा/नोक्सान हिसाब, नगदप्रवाह विवरण र सो सँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको १०९ औं शाखा भरतपुरको चनौलीमा

भरतपुर । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १०९ औं शाखा भरतपुरको चनौलीमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १०९ शाखा, २ एक्स्टेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३० एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स् …

पुरा पढ्नुहॊस »

स्थानीय तहमा बैंक नहुँदा समस्या

राजविराज । स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारी निर्णय कार्यान्वनमा नआउँदा नागरिकलाई समस्या भएको छ । बैंक स्थापना नहुँदा स्थानीयवासी सास्ती खेप्न बाध्य छन् । सप्तरीको तिरुहुत गाउँपालिका, हनुमाननगर कङ्कालनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिकालगायत स्थानीय तहमा बैंक नहुँदा त्यहाँका बासिन्दा सधैँ सदरमुकाम राजविराज धाउनुपर्ने बाध्यता छ । हनुमाननगर कङ्कालनी नगरपालिका–२ का शिवचरण मण्डल बैंक नखुल्दा दैनिक कामकाज प्रभावित भएको बताउँछन् ।  “समान्य कामका लागि समेत राजविराज जानु परेको …

पुरा पढ्नुहॊस »

सिभिल बैंकको शाखा बर्दियाको ठाकुरद्वारामा

बर्दिया । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बर्दियाको ठाकुरद्वारामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्णा कुश्मा थारु (आस्था) ले गरिन् । ठाकुरद्वारा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८५ पुगेकोे पनि बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

प्रभु बैंकले पायो नेपाल राष्ट्र बैंकबाट ५ देशमा सम्पर्क कार्यालय खोल्ने सैद्धान्तिक सहमति

काठमाडौँ ।  प्रभु बैंकले विभिन्न ५ देशमा आफ्नो सम्पर्क कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । बैंकले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहरमा आफ्नो सम्पर्क कार्यालय खोल्न लागेको हो । प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामक निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क र प्रतिनिधि …

पुरा पढ्नुहॊस »

सिन्धु विकास बैंकको शाखा चितवनको टाँडी र पर्सा बजारमा

काठमाडौँ ।  सिन्धु विकास बैंकले चितवन जिल्लाको टाँडी र पर्सा बजारमा शाखा स्थापना गरेको छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले टाँडी शाखार खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र्र प्रसाद सापकोटाले पर्सा शाखाको उद्घाटन गरेका हुन् । बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको अन्य स्थानहरुमा र मकवानपुर जिल्लाको विभिन्न स्थानमाहरुमा शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्दैछ । २०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र …

पुरा पढ्नुहॊस »

देव विकास बैंक एजीएमः ५.५० प्रतिशत बोनस शेयर प्रदान गर्न

काठमाडौं । देवः विकास बैंकले १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संचालक समितिका अध्यक्ष बज्र गुरुङको अध्यक्षतामा सम्पन्न साधारण सभाले चुक्ता पूँजीको ५.५० प्रतिशत अर्थात १३,९३,५२,४१९.१४ बराबर बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरेको छ । सभामा सामान्य प्रस्ताव अन्तर्गत देवः विकास बैंकको संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७४÷७५ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल वीरगञ्जबीच सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक र नारायणी वयोधा हस्पिटल वीरगञ्जबीच स्वास्थ्य सेवामा छुटसम्वन्धि सम्झौता भएको छ । सम्झौतामा बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा प्रदान गर्ने सहमति भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र …

पुरा पढ्नुहॊस »

कामना सेवा बैंकले गर्याे ‘स्मार्ट टेलर’ सुविधाको शुरु

काठमाडौं । कामना सेवा बैंकले स्मार्ट टेलर सुविधाको शुरुवात गरेको छ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संचालनमा ल्याएको हो । बैंकको मोवाईल सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङको क्यूआर कोडकोे मार्फत चेकबुक र एटिएम कार्ड बिना नै निकाल्न सक्ने …

पुरा पढ्नुहॊस »