देव विकास बैंक एजीएमः ५.५० प्रतिशत बोनस शेयर प्रदान गर्न

काठमाडौं । देवः विकास बैंकले १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संचालक समितिका अध्यक्ष बज्र गुरुङको अध्यक्षतामा सम्पन्न साधारण सभाले चुक्ता पूँजीको ५.५० प्रतिशत अर्थात १३,९३,५२,४१९.१४ बराबर बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरेको छ ।

सभामा सामान्य प्रस्ताव अन्तर्गत देवः विकास बैंकको संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७४÷७५ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वससम्मतिबाट पारित भएको छ ।

साथै, आ.व. २०७५÷७६ लेखापरिक्षण गर्न एल.एस.पि. एशोसियटस् (प्रो. सि.ए. सतिस चन्द्र लाल तथा सि.ए. गोपाल कुमार श्रेष्ठ) लाई वाहृय लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतीबाट पारित भयो ।

यसैगरी, विशेष प्रस्ताव अन्तर्गत यस साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७४÷७५ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत अर्थात रु. १३,९३,५२,४१९.१४ बराबर बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरेको हो ।

बिशेष प्रस्ताव अन्तर्गत वेस्टर्न डेभलपमेण्ट बैंक लाई प्राप्ति गर्न स्वीकृतीका लागि पेश गरिएको प्रस्ताव पनि सर्वसम्मतिबाट पारित भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री