सामाजिक कोषको टिकटक प्रतियोगिता

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा दिवसका अवसरमा टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । कोषले सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षासम्बन्धी एउटा गीत बनाएर त्यसमा टिकटक प्रतियोगिता गराउन लागेको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार पुरस्कार व्यवस्था गरिएको छ भने द्वितीयलाई ४० हजार र तृतीय हुनेलाई ३० हजार रुपैयाँ प्रदान गरिने कोषले जनाएको छ । योगदानमा आधारित समाजिक सुरक्षा कोषले मंसिर ११ मा सातौँ सामाजिक सुरक्षा दिवस मनाउँदैछ ।

टिकटक प्रतियोगिताका लागि विभिन्न आठवटा नियम तथा शर्त बनाएको छ । प्रतियोगिता सबै उमेर समूहका नेपालीका लागि गरिएको, कुनै प्रवेश शुल्क नलाग्ने, समय सीमापछि अपलोड गरिएका भिडियो प्रतियोगितामा समावेश नगरिने जनाइएको छ । कुनै पनि भिडियो खतरनाक, अश्लील, आपत्तिजनक, अशोभनीय, अवैध, धोखाधडी वा अरूको अधिकार वा प्रतिलिपि अधिकार उल्लंघन भएमा स्वतः अयोग्य ठहरिने कोषले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तोलामा ९ सयले बढ्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको …

प्रतिकृया दिनुहॊस