स्थानीय तहमा बैंक नहुँदा समस्या

राजविराज । स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारी निर्णय कार्यान्वनमा नआउँदा नागरिकलाई समस्या भएको छ । बैंक स्थापना नहुँदा स्थानीयवासी सास्ती खेप्न बाध्य छन् ।

सप्तरीको तिरुहुत गाउँपालिका, हनुमाननगर कङ्कालनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिकालगायत स्थानीय तहमा बैंक नहुँदा त्यहाँका बासिन्दा सधैँ सदरमुकाम राजविराज धाउनुपर्ने बाध्यता छ ।

हनुमाननगर कङ्कालनी नगरपालिका–२ का शिवचरण मण्डल बैंक नखुल्दा दैनिक कामकाज प्रभावित भएको बताउँछन् ।  “समान्य कामका लागि समेत राजविराज जानु परेको छ, समयसँगै फजुल खर्च हुने गरेको छ”, उनले भने ।

तिलाठी कोइलाडीका नीरज झा राजविराज जाँदा समेत एकै दिनमा काम नसिद्धिदा होटलमा बास बस्नु पर्ने बताउँछन् । सो गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले स्थानीय तहमा बैंक नहुँदा विकास निर्माणको काम प्रभावित हुने गरेको बताए ।  “सानो रकम लिन पनि राजविराज धाउनुपर्छ”, उनले भने ।

यस्तै तिरुहुत गाउँपालिकामा बैंक नहुँदा दैनिक कामकाजका लागि त्यहाँका बासिन्दा सदरमकाम वा कञ्चनपुर जानुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष मनोज भडखेर यादवले बताए । सानोतिनो रकम भुक्तानी लिन सदरमुकाम जानुपर्छ । विदेशबाट पठाएको रकम लिन राजविराज जानुपर्दा सर्वसाधारण हैरान छन् । घण्टौँ लाइनमा बस्नुपर्छ । जिल्लामा नौ नगरपालिका तथा नौ गाउँपालिका रहेको छ । चार स्थानीय तहमा मात्र बैंक स्थापना गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस