सिन्धु विकास बैंकको शाखा चितवनको टाँडी र पर्सा बजारमा

काठमाडौँ ।  सिन्धु विकास बैंकले चितवन जिल्लाको टाँडी र पर्सा बजारमा शाखा स्थापना गरेको छ ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले टाँडी शाखार खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र्र प्रसाद सापकोटाले पर्सा शाखाको उद्घाटन गरेका हुन् ।

बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको अन्य स्थानहरुमा र मकवानपुर जिल्लाको विभिन्न स्थानमाहरुमा शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्दैछ ।

२०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती र हाल टाँडी र पर्सा गरी कुल १६ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १८ स्थानबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री