बैंकिङ्ग

कैलालीको अत्तरियामा प्रभु बैंकको नयाँ शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले कैलाली गोदावरी न.पा. वडा नं.१ स्थित अत्तरियामा शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखाको उद्घाटन गर्दै गोदावरी न.पा.का नगर प्रमुख हरि सिंह साउदले बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताए । बैंकको अत्तरिया शाखा कार्यालयबाट …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको शाखा कावासोतीमा

नवलपरासी । महालक्ष्मी विकास बैंकले नवलपरासीको कावासोती नगरपालिका ८मा नयाँ शाखा कार्यालय स्थापना गरी संचालनमा ल्याएको छ । उक्त शाखाको कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुनले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताउँदै महालक्ष्मी विकास बैंकले ग्राहक हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिए ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकका नयाँ ४ शाखा र १२ शाखारहित बैंकिङ्ग सेवा

काठमाडाैँ । माछापुच्छ्रे बैंकले प्रदेश नंं १ का सुनसरी र झापामा थप ४ शाखा कार्यालयहरु सुरु गरेको छ। सुनसरी जिल्लाको इनरुवा स्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा चक्रघट्टी शाखा कार्यालयको बराहाक्षेत्र नगरपालिकाका मेयर निलम खनालले उद्घाटन गरे। त्यसैगरि झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्तरुपमा उद्घाटन गरे। काँकरभिट्टा शाखाको उद्घाटन मेचीनगर नगरपालीकाका मेयर बिमल आचार्यले गरे। …

पुरा पढ्नुहॊस »

प्रदेश १ मा कामना सेवा विकास बैंकको शाखा ९ पुग्यो

काठमाडाैँ । प्रदेश नं. १ मा कामना विकास बैंकको शाखा संख्या ९ पुगेको छ । झापाको कमल गाउँपालिकास्थित पाडाजुङ्गी र बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा शाखा विस्तार गरेसँगै प्रदेश १ मा बैंकको शाखा ९ पुगेको हो । पाडाजुङ्गी र बुधबारेमा बैंकले आफ्नो ८८ र ८९ औँ शाखा विस्तार गरेको हो । ८९ वटा शाखा पुर्याएको बैंकको ४० वटा एटिएम संचालनमा छन् ।

पुरा पढ्नुहॊस »

सुनसरी र झापामा माछापुछ्रेको ४ नयाँ शाखा

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश नंं १ को सुनसरी र झापा जिल्लामा थप ४ शाखा कार्यालय शुरु गरेको छ । जेठ २८ गतेसुनसरी जिल्लाको इनरुवा नगरपालीकास्थित इनरुवा र सोही जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टीमा शाखा बिस्तार भएको हो । त्यसैगरी जेठ २० गते झापा जिल्लाको भद्रपुर नगरपालिका १०, स्थितचन्द्रगढी (चाराली रोड) र मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयबाट सेवा शुरु गरिएको हो । सुनसरी जिल्लाको इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको शाखा पोखराको हेम्जामा

काठमाडौँ । गरिमा विकास बैंकले  पोखरा महानगरपालिका वडा नं. २५ मा हेम्जा शाखा कार्यालयको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोखरेल र पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले संयुक्त रुपमा गरे  । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदा विकास बैंकले सेवाप्रवाह संगसंगै संस्थागत …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र ह्याम्स्बीच सम्झौता

काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र हस्पिटल फोर अड्भान्स्ड एण्ड मेडिसिन सर्जरी (ह्याम्स्)बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ह्याम्स्का अध्यक्ष आर.एस. भण्डारीको हस्ताक्षर भएको उक्त सम्झौता–पत्र अनुसार हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

मेगा बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसँगै मेगा बैंकका ग्राहकहरूले प्राइम लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा तथा सुविधाहरु अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् …

पुरा पढ्नुहॊस »

जनता बैंकद्वारा एकैदिन ६ शाखा कार्यालय बिस्तार

काठमाडौँ । जनता बैंकले  एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार शुरु गरेको छ । नयाँठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा बिस्तार गरेको हो । मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गरे । यसैगरी, फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पाटन …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र सन नेपाललाइफ इन्स्योरेन्स  कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र  इन्स्योरेन्स  कम्पनीको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरे । सहमतिसंगै  ग्लोबल आईएमई बैंकका १३७वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds