काठमाडौं । चलचित्र ‘रिमै’को शुभमुहूर्तसँगै छायांकन आरम्भ गरिएको छ । खिलबहादुर गुरुङको निर्देशनमा निर्माण हुनलागेको यो चलचित्रको मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन थालिएको हो ।
चलचित्रको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिनुभएको थियो । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यो चलचित्रको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ हुनुहुन्छ । गोरखा सिरानचोक एण्ड लिगगिगकोट फिल्मस् प्रालिको प्रस्तुति र आरआर फिल्मस् तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा चलचित्र निर्माण हुनु लागेको हो ।
चलचित्रमा दयाहाङ र रिस्मासँगै बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आलेमगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरबल घले, डिबी गुरुङलगायत कलाकारको अभिनय रहनेछ । वीरबल घले, टीका गुरुङ र दुनबहादुर घले निर्माता रहेको चलचित्रमा बिनु गुरुङ, रोशन भट्टराई राजेश घिमिरे सहनिर्माता हुनुहुन्छ ।
उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रमा शैलेन्द्रध्वज कार्कीले छायांकन रहने चलचित्रमा किरण चाम्लिङ राईको मुख्य सहायक निर्देशन रहनेछ । विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहने यो चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।
प्रतिकृया दिनुहॊस