सनराइज बैंकद्वारा ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । सनराइज बैंकले थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

यससँगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या ८२ पुगेको छ ।

बैंकले कर्णाली प्रदेश, सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं. -१४, बयलकाँडामा ८२औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

त्यसैगरीे गत हप्ता बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं.-९ खैरीफाँटा ८०औं र कैलाली जिल्लाकै टिकापुर नगरपालिका वडा नं.-०८, धनसिंहपुरमा ८१औं गरि थप २ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताइएको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस