युवालाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ

जाजरकोट । एक युवालाई दाम्लोले बाँधेर निर्घात कुटविट गरेका वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको जुनीचाँदे गाउँपालिका वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।  बयानका लागि कुटपिटमा परेका युवक नवीन परियारलाई पनि बोलाइएको  प्रहरीले जनाएको छ ।

साउन १५ गते वडा कार्यालय परिसरमै वडाध्यक्ष नेपालीले स्थानीय सर्पे नेपालीलाई बाँधेर निर्घात कुटपिट गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री