गोङ्गबुबाट पेस्तोलसहित तीन युवक पक्राउ

काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका-२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेकासँग प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

घटेन काठमाडौँको प्रदूषण, अहिलेपनि विश्वकै प्रदुषित शहर

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण अहिले पनि अस्वस्थ रहेको छ । मुलुकको विभिन्न स्थानमा …

प्रतिकृया दिनुहॊस