खल्तीबाट तिर्न सकिन्छ जापानी भाषा प्रवीणता परीक्षाको आवेदन शुल्क

काठमाडौं । खल्तीले जेएएलटीएएनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षाको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।

यस पश्चात परीक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ ।

भुक्तानी सम्बन्धी सम्झौतामा जेएएलटीएएनका अध्यक्ष पूर्ण काजी प्रजापति र खल्ती वालेटका प्रबन्धक जोनाम भुर्तेलबीच हस्ताक्षर भएको छ ।

जेएएलपीटी जापानी भाषा सम्बन्धि ज्ञान परीक्षण गर्ने अन्तराष्ट्रिय संस्था हो । यसमा व्यक्तिको जापानिज भाषा पढ्न, सुन्न र बोल्न सक्ने दक्षताको परीक्षण तथा मुल्यांकन गरिन्छ । उक्त परीक्षण बर्षको एकपटक लिइन्छ ।

जापानमा रोजगारका लागि जान चाहने प्रत्येकले यसको परीक्षा अनिवार्य उत्तीर्ण गरेको हुनु पर्नेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस