रश्मी

ओखलढुंगामा ५.१ रेक्टरस्केलको परकम्प

काठमाडौं ।आज बिहान ७ः४३ मिनेट जाँदा ओखलढुङ्गामा ५.१ रक्टरस्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। ओखलढुङ्गाको बरुँरेश्वर आसपास केन्द्रमा रहेर परकम्प गएको छ।

पुरा पढ्नुहॊस »

कैट्रिनाको नजरमा रणवीर असल साथी

एजेन्सी । कैट्रिना कैफ आफ्ना पूर्वप्रेमी रणवीर कपुरलाई अहिले ‘असल साथी’ बताउने गर्छिन् ।  अहिले उनीहरुले अभिनय गरेको फिल्म जग्गा जासुस  रिलिजको तयारीमा छ । यो फिल्मबाट रणवीर निर्मातासमेत बनेका छन् । अजब प्रेमकी गजब कहानी’ र ‘राजनीति’ फिल्ममा सँगै काम गर्दा यो जोडी प्रेममा परेको थियो । पाँच वर्षसम्म चलेको उनीहरुको प्रेम २०१६ मा टुटेको थियो ।

पुरा पढ्नुहॊस »

देवः विकास बैंकको चितवनको माडीमा शाखा

देवः विकास बैंक लिमिटेडले दक्षिण चितवनको माडी नगरपालिका वडा नं। ३, वसन्तपुरमा शाखा कार्यालय खोलेको छ । शाखा कार्यालयको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले देशको श्रमशक्तिलाई स्वदेशमै उपयोग गर्न रोजगारका अवसरहरु सिर्जना गर्नुपर्ने र उद्यमशीलताको विकासका लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरी राम्रो काम गरेको औल्याएका छन् । साथै , उनले निर्यातमुखी व्यवसायमा जोड दिंदै बैंकिङ सेवालाई गाउँ गाउँमा पुर्याउन सके मात्र समग्र देशको आर्थिक …

पुरा पढ्नुहॊस »

सप्तरीमा अविरल वर्षाका कारण सयौं घर डुबानमा

शुक्रबार मध्यरातदेखि पहाडी भेगमा भएको अविरल वर्षाका कारण खाँडोलगायतका विभिन्न नदीमा आएको बाढीले सप्तरीको सयौं घर डुबानमा परेको छ। खाँडो, जिता, महुली, दुधेलालगायतका नदीमा आएको बाढीले जिल्लाका एक दर्जनभन्दा बढी बस्ती प्रभावित बनाउनुका साथै सडक, कल्भर्टलगायतका संरचनासमेत तहसनहस पारेर सप्तरीको जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीले जिल्लाका एक दर्जनभन्दा बढी बस्ती प्रभावित बनाएको  छ। तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियाँ, बसबिट्टी, पौवा, मुसहरनिया पिपराही, रूपनी, पकरी, त्रिकौल, लोहजारा, मैनाकडेरी, भारदह, पोर्ताहालगायतका गाउँमा १ हजार ५ सयभन्दा बढी घर …

पुरा पढ्नुहॊस »

वनजंगल आर्थिक समृद्धीको आधार

कुनै समय थियो हरियो वन नेपालको धन भन्ने । तर पछि वन विनाशको श्रृंखला एकपछि अर्को गर्दै वढ्दै जान थालेपछि यो उखानमा व्यङ्ग्यात्मक रुपमा परिमार्जन पनि भयो , हरियो वन तस्करहरुको धन भनेर ! हुन पनि वि.सं. ०३० देखि ०४० सम्मको दशकमा नेपालको कूल क्षेत्रफलको करिव ४९ प्रतिशत जमिन वनले ढाकिएको थियो । ०४० देखि ०५० को समयमा वन विनाशले यति तिव्रता पायो कि वनक्षेत्र घटेर ३८ प्रतिशतमा सिमित रह्यो …

पुरा पढ्नुहॊस »

रुकुमको भुमेमा माओवादी  विजयी

रुकुमको भुमे गाउँपालिकामा अध्यक्षमा माओवादीका रामसुर बुढामगरले ३ हजार ४८२ मत र उपाध्यक्षमा मीनाकुमारी बुढाले ३ हजार ४९४ मत ल्याएर  विजयी भएका छन् ।

पुरा पढ्नुहॊस »

किरण केसीले आफ्नो ६० औं जन्मदिनमा सम्मान सहित विभिन्न कार्यक्रम

काठमाडौं। नेपालको हास्य कलाकारिता क्षेत्रका एक ख्यातिप्राप्त अभिनेता किरण के.सी.ले आफ्नो ६० औं जन्मोत्सव एक समारोह आयोजना गरेर  मनाएका छन् । हास्यव्यङ्ग र नृत्य प्रस्तुतिहरुका साथ मनाएको जन्म दिनको कार्यक्रममा विभिन्न कलाकारहरु र एक जना चलचित्र पत्रकारलाई सम्मानित गरिएको छ । कार्यक्रममा सम्मानित हुने पत्रकार विजयरत्न तुलाधरलाई नगद दस हजार रकम र प्रमाणपत्र सहित सम्मानित गरिएको थियो भने अग्रज हास्य कलाकार रमेश के.सी. मट्टारेलाई पनि नगद राशी दस हजार सहित …

पुरा पढ्नुहॊस »

एनसेलले ‘सबैलाई हरेक दिन लगातार उपहार

काठमाडौं – एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।एनसेलले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ । एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२४ह्यास डायल गरी निर्देशनअनुसार अथवा अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्ने एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योजनामा ग्राहकले डाटा भोल्युम,  बोनस टक टाइम, बोनस एसएमएस लगायत मध्येबाट कुनै एक उपहार …

पुरा पढ्नुहॊस »

गुल्मी दरबार गाउँपालिकामा कांग्रेस विजयी

गुल्मीको गुल्मी दरबार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अशोककुमार  थापाले ५ हजार ५ सय ७५ मत ल्याएर विजयी भएका छन् । निकटतम  प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण भुसालले  ४ हजार सात सय ५० मत ल्याएका छन् ।

पुरा पढ्नुहॊस »

धनकुटा नगरपालिकाको वडाध्यक्ष पदमा नयाँशक्ति विजयी

धनकुटा । धनकुटा नगरपालिकाको वडा नम्बर   ३ मा वडाध्यक्ष पदमा नयाँ शक्ति पार्टीका विकास घिमिरेले २९० मत ल्याएर  विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका मुकुन्द भण्डारीले २५८ मत ल्याएका छन् ।

पुरा पढ्नुहॊस »