किरण केसीले आफ्नो ६० औं जन्मदिनमा सम्मान सहित विभिन्न कार्यक्रम

काठमाडौं। नेपालको हास्य कलाकारिता क्षेत्रका एक ख्यातिप्राप्त अभिनेता किरण के.सी.ले आफ्नो ६० औं जन्मोत्सव एक समारोह आयोजना गरेर  मनाएका छन् । हास्यव्यङ्ग र नृत्य प्रस्तुतिहरुका साथ मनाएको जन्म दिनको कार्यक्रममा विभिन्न कलाकारहरु र एक जना चलचित्र पत्रकारलाई सम्मानित गरिएको छ । कार्यक्रममा सम्मानित हुने पत्रकार विजयरत्न तुलाधरलाई नगद दस हजार रकम र प्रमाणपत्र सहित सम्मानित गरिएको थियो भने अग्रज हास्य कलाकार रमेश के.सी. मट्टारेलाई पनि नगद राशी दस हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो।
विगत केही वर्ष यतादेखि यसरी आफ्नो जन्म दिन असार १५को अवसर पारेर एक जना पत्रकार र कलाकारलाई नगद राशी सहित सम्मानित गर्दै आएका कलाकार किरण के.सी.ले यो वर्ष भने टेलिभिजन जगतबाट लय संग्रौला, लोक दोहोरी जगतबाट रामप्रसाद खनाल र म्युजिक भिडियो जगतका राज के.सी.लाई पनि सम्मानपत्र अर्पण गरे ।
हास्य अभिनेता किरण के.सी.को जन्मोत्सवको अवसरमा आयोजित आजको कार्यक्रममा रेडियो अडियोको तर्फबाट प्राप्त केक पनि काटिएको थियो । समारोहमा वरिष्ठ व्यक्तित्वहरु नीर शाह, गौरीशंकर धुंजु अनि हास्य जगतमा ख्याति कमाएका व्यक्तित्वहरु सन्तोष पन्त, मनोज गजुरेल, राजाराम पौड्याल, शैलेन्द्र शिम्खडा, बसुन्धरा भुसाल र ‘आमा’चलचित्रका अभिनेत्री द्वय चैत्य देवी र भुवन चन्द, अभिनेता भुवन के.सी., सङ्गीतकार चेतन सापकोटाका जस्ता कलाकारकर्मिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस