एनसेलले ‘सबैलाई हरेक दिन लगातार उपहार

काठमाडौं – एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।एनसेलले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ ।

एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२४ह्यास डायल गरी निर्देशनअनुसार अथवा अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्ने एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

योजनामा ग्राहकले डाटा भोल्युम,  बोनस टक टाइम, बोनस एसएमएस लगायत मध्येबाट कुनै एक उपहार प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ ।

आकर्षक उपहारअन्र्तगत ग्राहकले एक सय एमबी, २० एमबी, १० एमबी डाटा, १५ मिनेट बोनस टक टाइम, १५ मिनेट नाइट टक टाइम बोनस, १० मिनेट डे टक टाइम बोनस र २० बोनस एसएमएस लगायत उपहारमध्ये कुनै एक हरेक दिन प्राप्त गर्न सक्ने बताइएको छ ।यो योजना सुरु भएको दिनदेखि ३० दिनसम्मका लागि रहने एनसेलले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस