बुधबार नेप्से परिसूचक ५० अङ्क माथिले बढ्यो

काठमाडौं ।बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५०  दशमलव ५८  अङ्कले बढेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार नेप्से ५०  दशमलव ५८  अङ्कले बढेर २ हजार ६ सय ६५  दशमलव ९४  बिन्दु मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ८  दशमलव ५८  अङ्कले बढेर ५०३  दशमलव ४६ मा पुगेर रोकिएको छ ।

स्टकका  अनुसार  आज कुल २२९ कम्पनीका ९ लाख ९४  हजार ४७८   कित्ता शेयर ५   अर्ब २८ करोड ५५ लाख ५ हजार ९२  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री