काठमाडौं ।नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्भिस लिमिटेड दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ।
डिजिटल नेपालको परिकल्पना गर्दै २ वर्षअगाडि स्थापना भएको फोन पेमा हाल ५ लाख २५ हजारभन्दा बढी मर्चेन्ट पुगेका छन्।
बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्।
दुई वर्षको अवधिमा फोन पे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्।
फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएसभी थ्री.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो।
कम्पनीले सेवा सुरू गर्ने वित्तिकै कोभिड-१९ महामारिका कारण लामो समय लकडाउनमा बस्नुपरे पनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको छ ।
कम्पनीकाे अनुसार हाल फोन पेको क्यूआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोडभन्दा माथिको कारोबार हुँदै आएको छ ।
यस्तै अन्तरबैंक रकम ट्रान्सफर, फोनपे डाइरेक्ट गरी दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको कम्पनीले जनाएकाे छ ।
फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ ।
प्रतिकृया दिनुहॊस