मेगा बैंकका ग्राहकलाई ल्याटीन ए.बि.एस सर्भिस सेन्टरमा ३० प्रतिशतसम्म छुट

काठमाडौं  ।मेगा बैंकका ग्राहकले ल्याटीन ए.बि.एस सर्भिस सेन्टरमा ३० प्रतिशत छुट पाउने भएका छन् ।

ल्याटीन ए.बि.एस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै मेगा बैंकको सहकार्यमा यो अफर ल्याएको हो।

कम्पनीले काठमाडौंको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुटसहितको सेवा सुरु गरेको हो ।

कम्पनीले मेगा बैंकका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटिसहितको सेवा उपलब्ध गराउने भएको छ ।

कम्पनीले बैकसँग १ वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार …

प्रतिकृया दिनुहॊस