५५ अंकले घट्यो नेप्से

′काठमाडौं । आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५५ दशमलव ९३ अङ्कले घटेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार  नेप्से ५५ दशमलव ९३ अङ्कले घटेर २ हजार ५ सय ७७ दशमलव ४९ बिन्दुमा  आइपुगेको छ ।

आज आइतबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ११.०७ अंकले घटेर ४८५.९८ विन्दुमा झर्न पुगेको छ ।
सबै उपसमूहहरु ऋणात्मक भएर बजारनै राताम्मे भएको यस दिन सबैभन्दा बढी गुमाउनेमा फाइनान्स समूह रहेको छ । अधिकतम ५६ अंकले घटेको बजारमा आज फाइनान्स

समूहको मात्र ४.३४ प्रतिशतले सूचक घट्न पुगेको छ ।

यस्तै, हाईड्रोपावर समूहको ३.९७ प्रतिशतले इन्भेष्टमेन्ट समूहको ३.८३ अंकले र होटल तथा पर्यटन समूहको ३.३३ प्रतिशतले घट्न पुगेको छ ।

आज कुल २३२ कम्पनीका ८ करोड ९४ लाख कित्ता माथिको सेयर बजारमा ५२ हजार ३९१ पटक किनबेच हुँदा ४ अर्ब ११ करोडको कारोबार भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …

प्रतिकृया दिनुहॊस