यस्ता छन् काठमाडौं महानगरको मेयर उम्मेदवार सिर्जना सिंहले अघि सारेका सात संकल्प

काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले सात संकल्प अघि सारेकी छिन्। नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिंहले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सात संकल्प अघि सारेकी हुन्।

उनले सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण, सुरक्षित सहरको संकल्प अघि सारेकी छिन्। त्यस्तै संस्कृति, सम्पदा र सभ्यता, सवल र सम्मुन्नत पूर्वाधार, सवल युवा स्वावलम्बी महिला र सिर्जनशील महानगरबासीको संकल्प अघि सारेकी हुन् ।

उनले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको खण्डमा फोहोर व्यवस्थापन पहिलो प्राथमिकतामा राख्ने बताइन् । त्यसका लागि उनले जिरो वेष्ट म्यानेजमेन्ट अवधारणा अघि सारेकी छिन् ।

काठमाडौं महानगरभित्र देखिएको बाटोघाटो समस्या पनि समाधान गर्ने उनको प्रतिबद्धता छ। आफू महिला प्रतिनिधि भएकाले महिलाको पीडा देखेको र भोग्दै आएको भन्दै ती समस्या समाधानका लागि प्राथमिकता दिने बताइन्।

काठमाडौंमा रहेका विधुर पुरुषहरू पनि समस्या रहेको भन्दै उनीहरूको लागिसमेत विशेष राहतको प्याकेज ल्याउने बताइन् । सबैभन्दा पहिला काठमाडौंलाई मध्यरातमा पनि झिलिमिली सहरको रूपमा विकास गर्ने उनको प्रतिबद्धता छ ।

आफू एक दिन रातभर एक्लै काठमाडौंमा हिँडेर मध्यरातमा पनि महिलाको लागि सुरक्षित छ भन्ने सन्देश दिने उनले बताइन् । बालबच्चासहितका श्रमिक महिलाहरूको लागि समेत विशेष व्यवस्था गर्ने उनको योजना छ।

महानगरमा बेरोजगार युवाहरूको सिप अनुसारको स्वरोजगार बनाउने उनको भनाइ छ। खेलकुद क्षेत्रमा पनि विशेष कार्ययोजना बनाउने उनको भनाइ छ। त्यस्तै ज्येष्ठ नागरिकहरूलाई रिफ्रेस हुनको लागि रिफ्रेसमेन्ट सेन्टर बनाउने उनको योजना छ। उनीहरूको स्वास्थ्यमा पनि विशेष योजना अघि सार्ने उनको भनाइ छ।

त्यस्तै विपन्न परिवारहरूलाई वडा वडाहरूमा निःशुल्क स्वास्थ्यको व्यवस्था गराउने उनको भनाइ छ। सुविधासम्पन्न अस्पताल निर्माण गर्नतिर पनि ध्यान दिने बताइन्। प्रत्येक सार्वजनिकस्थलमा शुद्ध खानेपानीको व्यवस्था गर्ने उनको योजना छ। काठमाडौंमा शौचालयको समस्या विद्यमान रहेको भन्दै त्यसका लागि सार्वजनिक स्थलमा निःशुल्क शौचालयको व्यवस्था गर्ने बताइन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

२२९ जना प्रहरी सहायक निरीक्षकमा बढुवा, को-को परे ? (सूची)

काठमाडौँ । नेपाल प्रहरीका २२९ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस