प्रदिप नेपाल

काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु, थप १९ जनामा सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८२१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ८८४ पुगेको छ। एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १९६ रहेको छ। पछिल्लो समय थप …

पुरा पढ्नुहॊस »

लोकतन्त्र बचाउनका लागि कांग्रेस र गठबन्धनका उम्मेदवारले जित्नु जरुरी : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारले जित्नु जरुरी रहेको बताएका छन्। नेपाल प्रेस युनियनका केन्द्रीय पदाधिकारीसँगको भेटमा आज उनले संविधान, लोकतन्त्र र गणतन्त्र जोगाउन वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याए। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नेपालको संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण र सुदृढीकरण गर्न पाँच दलीय …

पुरा पढ्नुहॊस »

जुम्लामा गएकाे सुख्खा पहिरोमा दुई बालकको मृत्यु

जुम्लाको तिलागाउँपालिका- २ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ। पहिरोमा एक महिला घाइते भएकी छन्। तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका लागि खनेको जगमाथिबाट सुख्खा पहिरो खस्दा तीन वर्षका शिशिर बोहरा र तीन वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै रणबहादुर बोहराको नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढिस्कोमा पुरिएका उनीहरूको ज्यान गएको हो। बोहराकी श्रीमती लक्ष्मी बोहरा घाइते भएको जिल्ला प्रहरी …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो। गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन देउवा बुधबार चितवन आउँदै छन्। देउवाविरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी दिएकी हुन् । आचारसंहिताको विषयमा एउटा लिखित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले पुष्टि …

पुरा पढ्नुहॊस »

आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दा हेर्दैमा

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा भइरहेको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। उक्त मुद्दामा सरकारी पक्ष समेत बहसका लागि निवेदन लिएर आएपछि बहस लम्बिएको हो। सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। सरकारले गरेको उक्त निर्णय खारेज गर्न परमादेशको माग गर्दै पोखरेलले वारेसनामा मार्फत सोमबार रिट दायर गरेका थिए। रिटमाथि …

पुरा पढ्नुहॊस »

काभ्रेमा भएकाे सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काभ्रेमा मिनी बस र टाटा सुमो दुर्घटनामा पाँच जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेमा कमलामाई नगरपालिका–७ सिन्धुलीका ३० वर्षीय विक्रम श्रेष्ठ, वडा नम्बर–४ का ४० वर्षीय हरिबल तामाङ, रामेछापको खाँडादेवी–८ की ३० वर्षीया सम्झना भुषाल र उनकी सात वर्षीषा छोरी संगीता र सिन्धुलीको सुनकोसी गाउँपालिका-१ का ४४ वर्षीया प्रमिला नेपाली छन् । दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन्। जसमा …

पुरा पढ्नुहॊस »

शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी सकिने

निर्वाचन आयोगले शुक्रबारसम्ममा मत्रपत्र ढुवानीको काम सकिने जनाएको छ । आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका उपसचिव ऋषिराम भुसालले प्रदेश १ को मोरङ, मधेश प्रदेशका केही जिल्ला र बाग्मती प्रदेशको चितवनमा मतपत्र ढुवानी गर्न बाँकी रहेको बताए। हालसम्म आयोगले ६५ जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको छ। भुसालका अनुसार आयोगले केही स्थानीय तहको भने मतपत्र पुनः छाप्नुपरेको छ। निर्वाचनमा कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ जना छन्। त्यसमध्ये महिला …

पुरा पढ्नुहॊस »

उम्मेदवारको काराेबार बैंक खाताबाट गर्न निर्वाचन आयाेगकाे निर्देशन

निर्वाचन आयाेगले आसन्‍न स्थानीय तह निर्वाचनका उम्मेदवारकाे खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएकाे छ। निर्वाचनमा उम्मेदवारकाे खर्चकाे सिलिङ ताेकेकाे आयाेगले चुनावी खर्चकाे अनुगमन गरिरहेकाे हाे। आयोगले उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नुपर्ने व्यवस्था रहेकाे स्मरण गराएकाे छ । आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने भनेका छन्। यसरी तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवाले आज विराटनगरकाे चुनावी सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ को राजधानी विराटनगर जाँदैछन् । चुनावी सभालाई सम्बोधन गर्न उनी जान लागेका हुन् । देउवाको सचिवालयले जनाएअनुसार उनी १० बजेपछि विराटनगर जानेछन् । कांग्रेसका मोरङ सभापति डिकबहादुर लिम्बुले मध्यान्ह १२ बजे विराटनगरको पुष्पलाल चोकमा चुनावी सभा आयोजना गरिएको बताए । सभालाई पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइरालालगायतले पनि सम्बोधन गर्ने सभापति लिम्बुले जानकारी दिए । विराटनगर प्रदेश १ …

पुरा पढ्नुहॊस »

बागी उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय गर्न कांग्रेसकाे निर्देशन

नेपाली कांग्रेसले आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिएकाे छ। पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकाहरुलाई यसअघि नै उम्मेदवारी फिर्ता लिन भनिए पनि कतिपय क्षेत्रमा उम्मेदवारी कायमै रहेका बेला कांग्रेसले आजभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गर्न भनेकाे हाे। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार त्यस्ता उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई पनि सार्वजनिक रुपमा विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदै आधिकारिक उम्मेदवारको …

पुरा पढ्नुहॊस »