मृत भेटिएका व्यक्तिको हत्या भएको खुलासा

काठमाडौँको स्वयम्भूमा मृत अवस्थामा भेटिएका एक व्यक्तिको हत्या भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार वैशाख २ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुका २५ वर्षीय नरेश गौतम मृत भेटिएका थिए।

अनुसन्धानका क्रममा उनलाई केही व्यक्तिले कुटपिट गरि हत्या गरेको खुलेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार फरार व्यक्ति खोजतलास गर्ने क्रममा हत्या आरोपित दुई जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका–१ घर भइ काठमाडौँको बनस्थली बन्दै आएका राजेश सुनार र सिन्धुलीको दुधौली घर भई काठमाडौँको नागार्जुन बस्ने प्रकाश तिमिल्सिना रहेका छन्। तिमिल्सिनालाई गोरखा प्रहरीको सहयोगमा पक्राउ गरि काठमाडौँ ल्याइएको हो।

उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

रवि लामिछानेलाई काठमाडौं ल्याइने

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति …

प्रतिकृया दिनुहॊस