प्रदिप नेपाल

१५ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ४५३ नमूना परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २१५ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ८६ हजार ६२१ रहेको छ।

पुरा पढ्नुहॊस »

पाँचदलीय गठबन्धनद्वारा सडक अवरुद्ध गरेर सभा

सत्तारुढ पाँचदलीय गठबन्धनले शुक्रबार निर्वाचन आचारसंहिता, २०७८ को उल्लंघन गर्दै राजधानी काठमाडौंमा सभाको आयोजना गरेका छन्। वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई लक्षित गरी आज रत्नपार्क र शान्तिवाटिकाको बीच सडकमा पाँच दलले सभाको आयोजना गरेका छन् । सभालाई पाँचदलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्दैछन् । अहिले कार्यक्रमको मञ्चमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, …

पुरा पढ्नुहॊस »

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पाल्पा, पर्सा, झापा र धनकुटामा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सडकमा लु.१ च ७७८० नम्बरको जिप बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठ रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने …

पुरा पढ्नुहॊस »

भोजपुर र पाल्पामा भएका आगलागीका घटनामा २ जनाको मृत्यु

भोजपुर र पाल्पामा आगलागीका घटनामा परि दुई जनाको मृत्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका–१४ बिहीबारे बजार बस्ने खेममणी तामाङको घरमा बिहीबार साँझ आगलागी हुँदा जलेर उनको दुई वर्षीया छोरी रेश्मा तामाङको मृत्यु भएको छ। आगलागीमा परि घाइते भएकी उनकै श्रीमती २४ वर्षीया मिना तामाङको धरान घोपा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट दुई वटा घर तथा खेममणिको किराना पसल र कपडा पसलसमेत पूर्णरूपमा जलेर नष्ट भएको छ। पाल्पाको रैनादेवी …

पुरा पढ्नुहॊस »

कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित

नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी दिएका तथा उनीहरुका प्रस्ताव तथा समर्थकहरु पार्टीबाट स्वतः निष्कासन भएको जनाएको छ। बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बागी र प्रस्तावक तथा समर्थकहरुको पार्टी सदस्यता पार्टीको विधानबमोजिम समाप्त भई स्वतः निष्कासन भएको जनाएको हो। त्यस्ता विद्रोही उम्मेदवार, उनीहरुका प्रस्तावक र समर्थकहरुको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरुको अन्तिम नामावलीहरुको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपीसहित तत्काल केन्द्रमा पठाउन …

पुरा पढ्नुहॊस »

एनएमबि बैंक र केयुकेएलबीच सम्झौता, बिना झन्झट महशुल भुक्तानी गर्न सकिने

एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौं उपत्यका खानेपानीको महशुल बिना कुनै झन्झट तिर्न सक्ने व्यवस्था मिलाएको छ। बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । …

पुरा पढ्नुहॊस »

आइएमई पे र गोल्डस्टारवीच सम्झौता, गोल्डस्टार जुत्तामा ३० प्रतिशत छुट

आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारवीच सम्झौता भएको छ । हालै राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो । सम्झौता अनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा ३०% देखि रू. ३०० सम्मको छुटको व्यवस्था मिलाइएको छ । सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र …

पुरा पढ्नुहॊस »

नेपाल लाइफ २२ औं वर्षमा प्रवेश

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ। कम्पनी ०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो लाइफ …

पुरा पढ्नुहॊस »

श्रीलङ्कामा विदेशी मुद्रा सङ्कट बढ्दै, डिजेल अभाव चुलिँदै

दक्षिण एसियाली मुलुक श्रीलङ्कामा विदेशी मुद्रा सङ्कट बढ्दै गएकाले डिजेलको अभाव भएको ऊर्जामन्त्री कञ्चना विजेसेकेराले बताएका छन्। देशलाई दैनिक ४ हजार मेट्रिक टन डिजेल आवश्यक पर्ने पनि मन्त्रीले संसदमा जानकारी दिएका छन्। तर सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले अहिले दैनिक १ हजारदेखि १ हजार ५ सय मेट्रिक टन मात्रै निकासी गरिरहेको छ। अहिले मुलुकमा पेट्रोलको अभाव नभएको भन्दै दैनिक तीन हजार मेट्रिक टन पेट्रोल निस्कने गरेको र बुधबार राति ४० …

पुरा पढ्नुहॊस »

रेनु दाहाललाई कुनै पनि शंका नहुने गरी सहयोग गर्नुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्न कांग्रेस नेता कार्यकर्तालाई आग्रह गरेका छन्। चितवनमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले चितवनको भरतपुर महानगरको मेयरमा रेनुलाई शंका नहुनेगरी सहयोग गर्न आग्रह गरेका हुन् । रेनुले भरतपुरमा गरेको विकास देखेर आफू निकै खुसी भएको उनको भनाइ छ। प्रधानमन्त्रीसमेत रहेका देउवाले रेनुले मेयरमा अहिले नै चुनाव जितिसकेको बताए। आफ्नै पार्टीले बखेडा झिकिरहेको भन्दै उनले …

पुरा पढ्नुहॊस »