बागी उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय गर्न कांग्रेसकाे निर्देशन

नेपाली कांग्रेसले आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिएकाे छ।

पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकाहरुलाई यसअघि नै उम्मेदवारी फिर्ता लिन भनिए पनि कतिपय क्षेत्रमा उम्मेदवारी कायमै रहेका बेला कांग्रेसले आजभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गर्न भनेकाे हाे।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार त्यस्ता उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई पनि सार्वजनिक रुपमा विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदै आधिकारिक उम्मेदवारको पक्षमा लागेमा कारबाही हुने छैन। यद्यपि कानुनी रुपमा भने अब उम्मेदवारी फिर्ता लिन मिल्दैन ।

भरतपुर महानगरपालिका, पोखरा महानगरपालिकासहित कतिपय स्थानीय तहमा कांग्रेसका असन्तुष्ट उम्मेदवारले अझै आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

अछामका एक युवाले लगाए आफ्नै श्रीमतीको यौनीमा ताला

काठमाडौं । आफ्नै श्रीमानले श्रीमतीको यौनीमा ताला लगाएको सुन्दा अच्चम लाग्न सक्छ । तर, अछामका …

प्रतिकृया दिनुहॊस

This will auto close after