काभ्रेमा भएकाे सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काभ्रेमा मिनी बस र टाटा सुमो दुर्घटनामा पाँच जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेमा कमलामाई नगरपालिका–७ सिन्धुलीका ३० वर्षीय विक्रम श्रेष्ठ, वडा नम्बर–४ का ४० वर्षीय हरिबल तामाङ, रामेछापको खाँडादेवी–८ की ३० वर्षीया सम्झना भुषाल र उनकी सात वर्षीषा छोरी संगीता र सिन्धुलीको सुनकोसी गाउँपालिका-१ का ४४ वर्षीया प्रमिला नेपाली छन् ।

दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन्। जसमा नेपाली र भारतीय नागरिक रहेका छन् । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिए।

यूपी ५८ टी ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको मिनी बस र काठमाडौं आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमोसँग रोशी गाउँपालिका–११ मा ठोक्किएका थिए । पशुपतिनाथ मन्दिरको दर्शन गरेर भारतर्फ फर्किन लागेको मिनी बस तीव्र गतिमा आइरहेको सुमोसँग ठोक्किएको प्रवक्ता खतिवडाले बताए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

अनुसन्धानमा नैतिकता, स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधार : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अनुसन्धानले लाखौं मानिसलाई प्रभाव पार्ने भएकाले उच्चतम नैतिक …

प्रतिकृया दिनुहॊस