रेनु दाहाललाई कुनै पनि शंका नहुने गरी सहयोग गर्नुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्न कांग्रेस नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

चितवनमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले चितवनको भरतपुर महानगरको मेयरमा रेनुलाई शंका नहुनेगरी सहयोग गर्न आग्रह गरेका हुन् ।

रेनुले भरतपुरमा गरेको विकास देखेर आफू निकै खुसी भएको उनको भनाइ छ। प्रधानमन्त्रीसमेत रहेका देउवाले रेनुले मेयरमा अहिले नै चुनाव जितिसकेको बताए।

आफ्नै पार्टीले बखेडा झिकिरहेको भन्दै उनले भने, ‘उहाँले जितिसक्नु भएको छ । तर, के गर्ने मेरै पार्टीका साथीहरूले बखेडा झिक्नुभएको छ।’

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

डडेल्धुरामा टिपर खस्दा धादिङका दुई युवाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। …

प्रतिकृया दिनुहॊस