छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पाल्पा, पर्सा, झापा र धनकुटामा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सडकमा लु.१ च ७७८० नम्बरको जिप बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठ रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने ४६ वर्षीय टुक नारायण श्रेष्ठलाई लुम्बिनी मेडिकल कलेज प्रभास हुँदै थप उपचारका लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ।

पर्साको ठोरी गाउँपालिका–३ ब्रहमनगरस्थित पुलमा बीआर २२ एस २२६२ नम्बरको मोटरसाइकल बिहीबार दुर्घटना हुँदा चालक भारत पश्चिमी चम्पारण घर भएका ३६ वर्षीय मनोज महतोको मृत्यु भएको छ।

झापाको कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित सडकमा को.२३ प ४०४७ नम्बरको मोटरसाइकल ना.६ ख ९०७९ नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने ५६ वर्षीय बुद्धकान्त सुबेदी छन्।

धनकुटाको साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित सडकमा मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा सोही गाउँपालिका–३ मदेन टोल बस्ने ३८ वर्षीय इन्द्रबहादुर याखाको घटनास्थलमै मृत्यु भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस