एनएमबि बैंक र केयुकेएलबीच सम्झौता, बिना झन्झट महशुल भुक्तानी गर्न सकिने

एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौं उपत्यका खानेपानीको महशुल बिना कुनै झन्झट तिर्न सक्ने व्यवस्था मिलाएको छ। बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक अब काठमाडौंको थलीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले मंसिर ९ गते, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक …

प्रतिकृया दिनुहॊस