भोजपुर र पाल्पामा भएका आगलागीका घटनामा २ जनाको मृत्यु

भोजपुर र पाल्पामा आगलागीका घटनामा परि दुई जनाको मृत्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका–१४ बिहीबारे बजार बस्ने खेममणी तामाङको घरमा बिहीबार साँझ आगलागी हुँदा जलेर उनको दुई वर्षीया छोरी रेश्मा तामाङको मृत्यु भएको छ।

आगलागीमा परि घाइते भएकी उनकै श्रीमती २४ वर्षीया मिना तामाङको धरान घोपा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट दुई वटा घर तथा खेममणिको किराना पसल र कपडा पसलसमेत पूर्णरूपमा जलेर नष्ट भएको छ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ जौखरक बस्ने ७९ वर्षीय मानबहादुर सोमैको घरमा बिहीबार राति आगलागी हुँदा जलेर मान बहादुरको मृत्यु भएको छ। आगलागीबाट करिब २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस