आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विशालनगर मतदान केन्द्रबाट मतदान गरेका छन् । आज दिउँसाे उनले मतदान गरेका हुन् । नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकालसँगै आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पनि साेही केन्द्रबाट मतदान गरेका छन् । देशभरिका ७५३ वटै स्थानीय तहमा आज मतदान भइरहेकाे छ । बिहान ७ बजेदेखि सुरु भएकाे मतदान ५ बजेसम्म रहने भनिए पनि साे समयमा लाइनमा बसेका मतदाताहरूले मतदान गर्न पाउने छन् …
पुरा पढ्नुहॊस »आज ७ जनामा संक्रमण पुष्टि, १६ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ४३७ नमूना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १६४ जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या शून्य रहेको छ ।
पुरा पढ्नुहॊस »आजै साँझबाट मतगणना सुरु हुने
स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ। आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। बिहान ७ बजेदेखि सुरु भएको …
पुरा पढ्नुहॊस »मोरङमा ११३ वर्षीया महेश्वरा अधिकारीद्वारा मतदान
मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गरेकी छिन् । अधिकारीले पञ्चायत माविमा रहेको मतदान केन्द्रमा मतदान गरेको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिए। अधिकारीले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगी मतदान गरेकी हुन्। उक्त नगरमा मतदानकार्य शान्तिपूर्वक वातावरणमा सञ्चालन भइरहेको भण्डारीले बताए। नगरमा ७१ हजार ७५६ मतदाता रहेका छन्।
पुरा पढ्नुहॊस »स्थानीय तह निर्वाचन : दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर
आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ। २ बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। त्यो अवधिसम्ममा विभिन्न जिल्लामा ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको छ। दुई पक्षबीच झडप, विवादका कारण ति क्षेत्रको मतदान प्रभावित भएको हो। झडपको स्थिति नियन्त्रणमा लिनलाई प्रहरीले १२ ठाउँमा हवाइ फायर गरेको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको …
पुरा पढ्नुहॊस »काभ्रेकाे पाँचखाल-१३ मा मतदान स्थगित
काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ। मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो । आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ। मतदानस्थल नै तहसनहस बनाइएको छ । मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको भन्दै सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै …
पुरा पढ्नुहॊस »दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो
निर्वाचन आयोगले दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खसेको जनाएको छ। शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदानकेन्द्रमा बिहान ७ बजेदेखि छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको छ ।
पुरा पढ्नुहॊस »प्रेस पास भएका पत्रकारलाई सवारी अनुमतिपत्र नचाहिने
निर्वाचन आयोगले मतदानको दिन उपत्यकाभित्र सञ्चारकर्मीको सवारी आवागमनलाई थप सहजीकरण गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिएको छ। आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो। प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत अनुरोध भई आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौँले सवारी अनुमतिपत्र जारी गर्न सक्नेछन्।
पुरा पढ्नुहॊस »राष्ट्रपति भण्डारीद्वारा निर्धक्क भई मतदान गर्न हार्दिक आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा निर्धक्क भई मतदान गर्न सबै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गरेकी छिन्। भोलि शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुन गइरहेको पूर्वसन्ध्यामा आज दिएको सन्देशमा राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको हुनाले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व भएको बताएकी छिन् । समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको …
पुरा पढ्नुहॊस »प्रलोभन र प्रभावमा नपर्न मतदातालाई निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले शुक्रबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कसैको पनि प्रलोभन र प्रभावमा नपर्न मतदातालाई आग्रह गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गरेका हुन्। ‘कसैको पनि लोभ लालच, प्रलोभन र आश्वासनमा नपरी आफ्नो विवेकको मत सही ठाउँमा प्रयोग गर्न आह्वान गर्दछु,’ उनले भने । मतदातालाई पद, पैसा र पहुँचबाट प्रभावित नभइ मतदान गर्नका लागि थपलियाले आग्रह गरेका …
पुरा पढ्नुहॊस »