काभ्रेकाे पाँचखाल-१३ मा मतदान स्थगित

काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ। मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो ।

आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ। मतदानस्थल नै तहसनहस बनाइएको छ ।

मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको भन्दै सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा झडप भएको बताए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस