प्रदिप नेपाल

मतदाता परिचयपत्र नभएकाले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने

वैशाख ३० गतेको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाना नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने बुधबार विज्ञप्ति प्रकाशन गरि जानकारी दिएको हो। ‘स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र …

पुरा पढ्नुहॊस »

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा भूकम्पको महसुस गरिएको छ। भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ। यसअघि यही वैशाख ६ गते पनि सुदूरपश्चिमकै …

पुरा पढ्नुहॊस »

आजदेखि रिभर फल्स पावरको आइपिओ बिक्री खुला

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो। सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीका अनुसार कूल २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात एक लाख …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक ५६.०६ अङ्कले उकालो लाग्याे

धितोपत्र बजारमा शेयर कारोबार मापक नप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक ५६.०६ अङ्कले उकालो लागेर दुई हजार ३६९.०६ मा पुगेको छ। त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ९.५२ अङ्कले उकालो लागेर ४५६.६६ अङ्कमा पुगेको छ। नेप्सेको वृद्धिसँगै कारोबार रकम मङ्गलबारको तुलनामा सामान्य वृद्धि भएको छ। कूल २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर रु दुई अर्ब १६ …

पुरा पढ्नुहॊस »

७.२८ प्रतिशतले बढ्यो मूल्यवृद्धि, चालु खाता र शोधनान्तर घाटामा पनि वृद्धि

चालु आर्थिक वर्षको नौ महिनामा मुद्रास्फीति (मूल्यवृद्धि), चालु खाता र शोधनान्तर घाटा बढेको छ। नेपाल राष्ट्र बैंकले चालु आवको नौ महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय प्रतिवेदनमा गत चैतमा मुलुकको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ७.२८ प्रतिशत रहेको उल्लेख छ। सोही महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत थियो । समीक्षा अवधिमा चालु …

पुरा पढ्नुहॊस »

प्रेस काउन्सिलद्वारा आचारसंहिता उल्लंघन गर्ने २१२ मिडियामाथि कारवाही

प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारवाही गरेको छ। काउन्सिलका अनुसार कारवाहीमा पर्ने मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन, ८६ वटा अनलाइन न्युज पोर्टल र ४४ वटा वेब पोर्टल रहेका छन्। यस्तै २९ जना पत्रकारलाई पनि कारवाही गरिएको काउन्सिलले जनाएको छ। कारवाही गरिएका मिडियामध्ये ३६ वटासँग स्पष्टीकरण तथा जवाफ माग, ८१ वटालाई निर्देशन, १७ वटालाई सचेत गराइएको, ४६ वटालाई ध्यानाकर्षण र ४४ …

पुरा पढ्नुहॊस »

आचारसंहिताविपरीत भाेट मागे गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङले

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भाेट मागेका छन्। आफ्नाे आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियाे सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भाेट मागेका हुन् । मंगलबार मध्यराति १२ बजेबाट माैन अवधि सुरु भइसकेकाे अवस्थामा उनले भाेट मागेका हुन्।

पुरा पढ्नुहॊस »

सुनको मूल्य १ हजारले घट्याे

बुधबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ। १ हजारले घटेर प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुनको मूल्य ७०० ले घटेर तोलाको ९८ हजारमा किनबेच भएको थियो। तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० कायम गरिएको थियो। सुनको मूल्य ओरालो लागेसँगै चाँदी पनि सस्तिएको छ। आज …

पुरा पढ्नुहॊस »

निर्वाचनका समयमा पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने

निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने भएको छ। वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौँमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुनसक्ने असुविधालाई ध्यानमा राखेर सटल बस सञ्चालन गर्न लागेको हो। बोर्डले पर्यटक प्रहरीको सहयोगमा टुरिष्ट बस एशोसिएशन अफ नेपाल र नेपाल टुरिष्ट भेहिकल एशोसिएशनको समन्वयनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवतजावतका लागि विभिन्न रुटमा सटल बस सञ्चालन गर्न …

पुरा पढ्नुहॊस »

काठमाडौँ र भक्तपुरका प्रशासनिक सेवा प्रभावित हुने

जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले वैशाख २८ र २९ गते (आज र भाेलि) कार्यालयको सेवा प्रभावित हुने जनाएको छ। ‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, दुवै प्रशासन कार्यालयद्वारा मंगलबार जारी सूचनामा जनाइएको छ। वैशाख ३० गते एकै दिन मुलुकका ७५३ वटै …

पुरा पढ्नुहॊस »