ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा बढी मतान्तरका साथ अग्रस्थानमा छन् । अहिलेसम्म २०० मत गनिसक्दा चिरिबाबुले ११० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले ४७ मत ल्याएका छन् । ३ मत भने बदर भएको छ।
पुरा पढ्नुहॊस »पछिल्लो २४ घण्टामा २ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार २५४ नमूना परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १५० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय कारोनाविरुद्धको खोप लगाउनेको संख्या शून्य रहेको छ ।
पुरा पढ्नुहॊस »काठमाडौंमा बालेनको अग्रता कायमै
काठमाडौं महानगरमा ५२९ मत गणना भएको छ। काठमाडौं महानगरमा जसमध्ये मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन्। ५२९ मत गन्दा शाहले १७८ मत पाएका हुन्। त्यस्तै, दोस्रोमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२० मत पाएकी छन् । तेस्रोमा रहेका एमालेका केशव स्थापितले ११० मत ल्याएका छन्। अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३० मत पाएका छन् भने राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २३ मत ल्याएका छन्। अहिले जनगणना जारी छ।
पुरा पढ्नुहॊस »संखुवासभाको चिचिलामा मत गणना अवरुद्ध
संखुवासभाको चिचिला गाउँपालिकामा मत गणना अवरुद्ध भएको छ। विवाद भएपछि केही समयअघि मत गणना रोकिएको हो। अहिलेसम्मको मत परिणाम अनुसार चिचिला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पासाङ नुर्वु शेर्पाले ५०९ मत ल्याएर अग्रता लिएका छन् । नेकपा माओवादी केन्द्रका रिपुप्रसाद राईले ४१३ मत ल्याएका छन् । नेकपा एमालेका रामबहादुर गुरुङले २७५ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकी मनकला राईले ४९८ मत ल्याएकी छन् । नेकपा माओवादीकी तीर्थमाया राईले ४३४ मत र …
पुरा पढ्नुहॊस »काभ्रे जिल्लामा अधिकांश स्थानीय तहको मतगणना सुरु
काभ्रेमा अधिकांश स्थानीय तहको मतगणना सुरु भएको छ। बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मतगणना आज बिहानबाट सुरु भएको हाे। काभ्रेको धुलिखेल, बनेपा, मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक, खानीखोला र भुम्लु गाउँपालिकामा मतगणना सुरु भएको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएका छ। पनौतीमा १० बजेबाट सुरु भएकाे छ । नमोबुद्धमा बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएकाे छ । रोशी गाउँपालिकामा पनि मतगणना सुरु भएकाे छ। अन्य स्थानीय तहले पनि सर्वदलीय बैठक …
पुरा पढ्नुहॊस »ललितपुर महानगरपालिकाको मतगणना सुरु
ललितपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना सुरु भएको हो। ललितपुर महानगरको वडा नम्बर १ को मतपेटिका खोलिएको छ। वडा नम्बर १ बाट सुरु गर्दै क्रमिक रूपमा अन्य वडाको मत गणना हुनेछ ।
पुरा पढ्नुहॊस »६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान
निर्वाचन आयोग नेपालले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ। आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको र यो संख्या बढ्न सक्ने जनाएको हो। पत्रकार सम्मेलनमा बोल्दै निर्वाच्न आयोग नेपालका प्रमुख निर्वाच्न आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताए । उनले अझै केही स्थानमा मतदान कार्य जारी रहेकाले यसमा बढोत्तरी हुनसक्ने बताए। प्रमुख निर्वाचन आयुक्त …
पुरा पढ्नुहॊस »शान्तिपूर्णरूपमा मतदान सम्पन्न, सहरी क्षेत्रमा आजैदेखि मतगणना सुरु हुने
निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ। आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भई मतदान अवरुद्ध भएको र स्थगनको विस्तृत विवरण आउन बाँकी रहेको जनाउँदै अधिकांश स्थानमा मतदान सम्पन्न भएको बताए। उनले साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिए पनि सो समयमा मतदान केन्द्रमा प्रवेश गर्ने …
पुरा पढ्नुहॊस »डा.बाबुराम भट्टराईसँग स्पष्टीकरण माग
मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको छ। डा. भट्टराईले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको कसूर गरेका भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। डा. भट्टराईले आज बिहान मतदान गर्ने क्रममा गोप्य मतदान गर्ने ठाउँबाट निर्वाचन चिह्नमा छाप लगाएको …
पुरा पढ्नुहॊस »मतदानको निर्धारित समय सकियो
स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ। निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ। देशभर शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो। निर्वाचनमा कति प्रतिशत मत खसेको हो भन्ने अन्तिम विवरण आउन बाँकी रहेको छ। अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको निर्वाचन आयोगले जनाएकाे छ। …
पुरा पढ्नुहॊस »