प्रलोभन र प्रभावमा नपर्न मतदातालाई निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले शुक्रबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कसैको पनि प्रलोभन र प्रभावमा नपर्न मतदातालाई आग्रह गरेको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गरेका हुन्। ‘कसैको पनि लोभ लालच, प्रलोभन र आश्वासनमा नपरी आफ्नो विवेकको मत सही ठाउँमा प्रयोग गर्न आह्वान गर्दछु,’ उनले भने ।

मतदातालाई पद, पैसा र पहुँचबाट प्रभावित नभइ मतदान गर्नका लागि थपलियाले आग्रह गरेका छन्। मन परेको उम्मेदवारलाई मतपत्र बदर नहुने गरी निर्धक भएर मतदान गर्न उनले आग्रह गरे।

थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदानमा भाग लिन आग्रह गरे।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस