नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई जनालाई उत्तेजनामा ल्याउन र दुई, चार वटा मत बिगार्नका लागि पशुपतिको ढोका दिनमा पाँच पटकसमेत पुग्न तयार रहेको आरोप लगाएका छन्। सोमबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औँ महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा नेता थापाले यस्तो आरोप लगाएका हुन्। यस्तै नेता थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेद्वारी दिएको बताए। …
पुरा पढ्नुहॊस »८.७५ प्रतिशत प्राइम डिवेन्चर (ऋणपत्र) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत
प्राइम कमर्सियल बैंंक लिमिटेडले निष्काशन गरेको ८.७५ प्रतिशत प्राइम डिवेन्चर २०८५ ऋणपत्र प्रतिथान रु. १००० को दरले हुन आउने रु.२ अर्ब ४४ करोड ७९ लाख ६३ हजार बराबरको २४ लाख ४७ हजार ९६३ थान डिवेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंक लिमिटेडका तर्फबाट प्रमुख …
पुरा पढ्नुहॊस »देशभक्त नागरिकको मुख थुन्ने प्रयास नगर्न सरकारलाई ओलीकाे चेतावनी
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्त नागरिकको मुख थुन्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। आज युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले तुइनबाट मान्छे खसाल्दा, नेपाली आकाशमा हेलिकोप्टर उडाउँदा चुइँक्क बोल्न नसक्नेहरूले देशका लागि बोल्ने युवाको मुख थुन्ने, गिरफ्तार गर्ने काम नगर्न चेतावनी दिएका हुन्। ‘तुइनबाट मान्छे खसालिन्छ। बेपत्ता हुन्छ। तपाईंहरू बोल्नुहुन्न। अमेरिकाले अफगानिस्तान पहिल्यै छाडेको थियो। हेरेर बस्नुभयो । उद्धार गर्नुभएन’, ओलीले भने, ‘यो टालाटुली बटुली, …
पुरा पढ्नुहॊस »झापाको भद्रपुरमा मेगा बैंकको एटीएम सेवा
मेगा बैंक नेपाल लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ। झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो। योसँगै १ सय ३७ स्थानमा मेगा …
पुरा पढ्नुहॊस »संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या, घटना रहस्यमय
संखुवासभा, संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ। आइतबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए। साेमबार विहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ …
पुरा पढ्नुहॊस »अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै एमसीसी प्रक्रिया अगाडि बढ्छः प्रकाशशरण महत
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडि बढ्ने बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले एमसीसी विभिन्न सरकारहरुको सहभागितामा टुंगो लागिसकेको विषय भएको भन्दै यसको सम्बन्धमा नेपाली जनतामाझ उठेका आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि प्रक्रिया अगाडि बढ्ने बताएका हुन्। एमसीसी सैन्य प्रयोजनका लागि नभएको सम्झौतामा उल्लेख नै भएको उनको भनाइ छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको आधारमा ठेक्का प्रक्रिया …
पुरा पढ्नुहॊस »महाधिवेशनपछि राप्रपाले फड्को मार्छः नेता लावती
ताप्लेजुङ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुनसुन्दर लावतीले महाधिवेशनपछि राप्रपाले फड्को मार्ने बताएका छन्। ‘राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्रको नारा देशव्यापीरुपमा लोकप्रिय हुँदै गएको अवस्थामा, राष्ट्रिय प्रजातन्त्र पार्टी जनताबीच स्थापित हुने निश्चित छ,’ राप्रपाका कार्यसम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले भने। प्रजातान्त्रिक दलको रुपमा राप्रपाले पूर्णरुपमा विधी र विधानलाई सर्वोपरी मानेर अघि बढ्नु पर्ने लावतीको भनाइ थियो। पार्टीको विधान अझै प्रजातान्त्रिक र थप समावेशी बनाए …
पुरा पढ्नुहॊस »पाँच शर्तमा रहेर तालिबान सरकारलाई सहयोग गर्न युरोपियन युनियन तयार
युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच वटा शर्त अघि सारेका छन्। युरोपेली युनियनका विदेशमन्त्रीले ती शर्त राखेका हुन्। स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकपछि यस्ताे जानकारी दिइएको छ। उक्त बैठकपछि युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले सो कुराको जानकारी दिएका हुन्। उनले युरोपियन युनियनका विदेशमन्त्रीले तालिबान सरकारलाई सहयोग गर्नका लागि ती शर्त राखेको बताए। उनका अनुसार यसका लागि सबैभन्दा पहिला तालिबानले अफगानिस्तानमा आतङ्ककारीलाई प्रश्रय …
पुरा पढ्नुहॊस »उपेन्द्र यादवकाे समूहमा गएकाहरू पछुताएर फर्कनेछन्ः राजेन्द्र महतो
जनकपुरधाम, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवले मधेसभन्दा पनि जातीयवादी विषपूर्ण राजनीतिलाई प्रश्रय दिएको आरोप लगाएका छन्। उनले अहिले केही व्यक्तिलाई फाइदा भए पनि आउने दिनमा मधेसलाई गम्भीर क्षति हुने चेतावनी पनि दिए। महतोले मधेसका जनतालाई अब मुर्ख बनाउन नसकिने भन्दै सारा परिस्थितिको विषयमा जनता जानकार रहेका कारण आउने दिनमा सबै परिस्थितिलाई लिएर जनताको बिचमा जाने बताए। उनले केही व्यक्तिलाई लोभ दिएर आफूतर्फ ताने पनि …
पुरा पढ्नुहॊस »सन् २०२१ मा हालसम्म ६७ हजार विदेशी पर्यटक नेपाल भित्रिए
सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६६ हजार ९६६ विदेशी पर्यटक नेपाल आएका हुन्। अगष्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएका छन्। साे महिनामा नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिएका छन्। अघिल्लो वर्ष सन् २०२० को सोही महिनामा जम्मा २६५ मात्र पर्यटक आएका थिए। कोभिड–१९ अघि …
पुरा पढ्नुहॊस »