प्राइम कमर्सियल बैंंक लिमिटेडले निष्काशन गरेको ८.७५ प्रतिशत प्राइम डिवेन्चर २०८५ ऋणपत्र प्रतिथान रु. १००० को दरले हुन आउने रु.२ अर्ब ४४ करोड ७९ लाख ६३ हजार बराबरको २४ लाख ४७ हजार ९६३ थान डिवेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ।
उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले हस्ताक्षर गरेका छन्।
प्रतिकृया दिनुहॊस