ताप्लेजुङ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुनसुन्दर लावतीले महाधिवेशनपछि राप्रपाले फड्को मार्ने बताएका छन्।
‘राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्रको नारा देशव्यापीरुपमा लोकप्रिय हुँदै गएको अवस्थामा, राष्ट्रिय प्रजातन्त्र पार्टी जनताबीच स्थापित हुने निश्चित छ,’ राप्रपाका कार्यसम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले भने।
प्रजातान्त्रिक दलको रुपमा राप्रपाले पूर्णरुपमा विधी र विधानलाई सर्वोपरी मानेर अघि बढ्नु पर्ने लावतीको भनाइ थियो।
पार्टीको विधान अझै प्रजातान्त्रिक र थप समावेशी बनाए विगतका टुटफुटका तितो अनुभवलाई सही व्यवस्थापन गर्न सकिने उनको भनाइ थियो। ‘देशलाई भरपर्दो प्रजातान्त्रिक विकल्प दिन, राप्रपाले युवाहरुलाई पूर्णरुपमा आकर्षण गर्नु पर्दछ,’ उनले भने।
युवा नेता लावतीले राप्रपा ताप्लेजुङ जिल्ला कार्य समितिद्वारा आयोजित अन्तर्क्रियालाई सम्बोधन गर्दै सो विचार व्यक्त गरेका हुन्।
राप्रपा ताप्लेजुङका अध्यक्ष अमृत साउदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरु बबिना मोक्तान लावती र तेज सुनवार, राप्रपा पाँचथर अध्यक्ष राजकुमार जोशी, राप्रपा ताप्लेजुङका सहअध्यक्ष डिल्ली विष्ट, जिल्ला नेताहरु गायत्री थेबे, सुरेश लिम्बु, बेनु ओझा, नरेन्द्र पौडेल, याम कुमार दाहाल लगायतको उपस्थिती थियो।
प्रतिकृया दिनुहॊस