पाँचथर, नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री बसन्तकुमार नेम्वाङले अमेरिकी सहायता परियोजना एमसीसीलाई निष्कर्षमा पुर्याउने सम्पूर्ण दायित्व सरकारको भएको बताएका छन्। एमाले विपक्षी दल हुनु र विगतमा एमसीसीका पक्षमा कुनै पनि निर्णय प्रकृयामा सहभागी नभएकाले उक्त परियोजनाबारे निर्णय गर्ने दायित्व सरकारको हुने नेम्वाङको भनाइ छ। ‘एमाले नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेको सम्झौतालाई संसदमा पेश गर्ने दायित्व पूरा गरिदिएको मात्रै हो,’ नेम्वाङले भने, ‘उक्त परियोजनाबारे सरकार र सरकारमा सामेल दलहरुले धारणा सार्वजनिक …
पुरा पढ्नुहॊस »हिन्दु राष्ट्र र राजसंस्थामा आस्था राख्नेहरु बढदै गएका छन्ः कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था चाहने सबैलाई राप्रपामा आबद्ध हुन आग्रह गरेका छन्। वर्तमान जसरी सबै छरिएर रहँदा यस्ता एजेन्डा कमजोर हुने उनको तर्क छ। सामाजिक सञ्जालमा थापाले सो कुरा उल्लेख गरेका छन्। साथै उनले अहिले हिन्दु राष्ट्र र राजसंस्थामा आस्था राख्नेहरु बढ्दै गएको पनि बताएका छन्। उनले भनेका छन्, ‘६२/६३ मा हामी एक्लै थियौँ, लडदै भिडदै अघि बढ्यौँ। अहिले हिन्दुराष्ट्र र राजसंस्थामा आस्था राख्ने …
पुरा पढ्नुहॊस »भोलिदेखि सुरु हुने संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई देउवाको निर्देशन
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद बैठकमा अनिवार्यरुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्। मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले बुधबार (भोलि) बाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्। आजको बैठकमा सांसदहरुले सत्तारुढ दलहरुसँग परामर्श गरेर मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री देउवाले सबै दलसँग …
पुरा पढ्नुहॊस »कोभिडमा अर्थतन्त्र चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्णः वरिष्ठ उपाध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका बेला अर्थतन्त्रलाई चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपाल कुरियर सेवा संघको २७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कुरियर सेवा राज्यका सबै क्षेत्रका लागि आधारभूत आवश्यकताको क्षेत्र रहेकाले यसको सेवामा कुनै अवरोध हुन नहुने धारणा राखे। “यसको सेवा विस्तार र पूर्वाधार तयारीका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ,” वरिष्ठ उपाध्यक्ष ढकालले भने, “यसका …
पुरा पढ्नुहॊस »साना विद्युतीय यातायात व्यवसायीलाई मेगा बैंकको सहुलियत कर्जा
मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रबद्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ। काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहका बीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार, नेको इनर्जी सोलुसनसँग आबद्ध साना विद्युतीय यातायात व्यवसायीहरुलाई स्वरोजगार तथा व्यवसाय संचालनका लागि मेगा बैंकले नेपाल राष्ट्र बैंकको …
पुरा पढ्नुहॊस »बेस्ट-प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२० बोटलर्स नेपाल (तराई) लिमिटेडलाई
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनेरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत “बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड”बाट सम्मानित गरेको छ। उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक बर्ष २०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतिमा उत्कृष्टताका लागि यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो। बोटलर्स नेपाल लिमिटेड (बीएनएल) लाई गत बर्ष पनि आईसीएएनले त्यही श्रेणीमा उप–विजेताको रुपमा पुरस्कृत गरेको थियो। कर्पोरेट प्रशासन र अनुपालन बोटलर्स नेपाल (तराई) …
पुरा पढ्नुहॊस »असोज १ देखि काठमाडौँका विद्यालय खोल्न सकिने, स्वास्थ्य मापदण्डको पूर्ण पालना अनिवार्य
काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालयहरू खोल्न सकिने भएको छ। कोराेना सङ्क्रमणको अवस्था हेरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्न सकिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। प्रजिअ पराजुलीले अवस्था विश्लेषण गरी विद्यालय खोल्ने, नखोल्ने जिम्मा भने स्थानीय तहलाई नै दिइएको जानकारी दिए। काठमाडौँका स्थानीय तहका शिक्षा हेर्ने अधिकृत प्रतिनिधि र काठमाडौँका प्रजिअसहितको साेमबारको बैठकले उक्त निर्णय गरेको हो। कतिपय वडाहरूमा कोभिड शून्य रहेको पाइएको …
पुरा पढ्नुहॊस »आज कुशे औँसी, बाबुकाे मुख हेर्ने दिन
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष …
पुरा पढ्नुहॊस »मन्त्रिपरिषद्काे साेमबारकाे बैठकमा के-के भए निर्णय?
सरकारले विपी कोइरालाको नाममा विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। साेमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विपीका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यसैगरी आर्थिक बर्ष २०७८/०७९ का लागि विभिन्न आयोजनाका लागि अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ। उनकाअनसार निजामति सेवा व्यवस्था बमोजिम निजामति सेवा दिवस दिन (आज) ४० जना कर्मचारीलाई पुरस्कार वितरण गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय जनगणना–२०७८ …
पुरा पढ्नुहॊस »आजबाट काठमाडौँ महानगर साक्षर घोषित
काठमाडौँ महानगरपालिका साक्षर घोषित भएको छ। काठमाडौँका जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर वैद्य, उपप्रमुख हरिप्रभा खड्गी, शिक्षा विकास तथा समन्वय एकाइ, काठमाडौँ प्रमुख नन्दलाल पौडेलको उपस्थितिमा आज पद्मोदय माविमा आयोजित कार्यक्रममा महानगरका ९६ दशमलव ६ प्रतिशत नागरिक साक्षर भएको घोषणा गरिएको हो। साक्षरताको राष्ट्रिय मापदण्डअनुसार १५ वर्षभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएका जिल्ला वा पालिकालाई साक्षर घोषणा गर्न सकिनेछ। कार्यक्रममा साक्षर महानगर बनाउन भूमिका खेल्ने विभिन्न १५ …
पुरा पढ्नुहॊस »