केपी ओली स्वार्थ पूरा गर्न दिनमा पाँचपटक पशुपति पुग्न तयार छन्ः गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई जनालाई उत्तेजनामा ल्याउन र दुई, चार वटा मत बिगार्नका लागि पशुपतिको ढोका दिनमा पाँच पटकसमेत पुग्न तयार रहेको आरोप लगाएका छन्। सोमबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औँ महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा नेता थापाले यस्तो आरोप लगाएका हुन्।

यस्तै नेता थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेद्वारी दिएको बताए।

पार्टीको महामन्त्री बनेपछि ४वर्षमा अधिवेशन गराउने र पार्टीका साथीहरुलाई अनसन बस्नुपर्ने स्थिती आउन नदिनको लागि महामन्त्रीमा उम्मेद्वारी दिएको बताएका हुन्। नेता थापाले पार्टीका आन्तरिक समस्याहरुलाई हल गर्न सके मात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, शहर बनाउँछु भनेर नपत्याउने बताए। नेता थापाले नयाँ कांग्रेस पुरानो दिनहरुलाई सम्झिएर बनाउनका लागि नौजवानको आवश्यक रहेको बताए।

देशमा संविधानको शासनको पक्षमा उभिने कांग्रेस आफ्नो पार्टीभित्र पनि विधिको शासन स्थापित गरेर छोड्ने बताउँदै उनले ठूला नेताहरुले साथ दिएर पार्टीलाई अघि बढाउनु पर्ने बताए। अहिले नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा अपरिचित समितिले क्रियाशील सदस्यताको बारेमा गर्नै नहुने काम गरिरहेको बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप