सरकारले २३ भदौमा संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ। शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ, दिउँसो ४ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।
पुरा पढ्नुहॊस »माधव नेपाल जस्तो लाज-सरम पचेको मान्छे मैंले कहीँ पनि देखेको थिएनः केपी ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्तो लाज-सरम पचेको मान्छे आफूले कहीँ पनि नदेखेको टिप्पणी गरेका छन्। माधव नेपाललाई आफ्नो घरको बिरालोको संज्ञा दिँदै उनले अहिले शेरबहादुर देउवाको भान्सामा दुधभात खान म्याऊ गरेर पुगेको व्यंग्यसमेत उनले गरे। अध्यक्ष ओलीले एमसीसी सम्झौंताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग माग गरेका छन्। अध्यक्ष ओलीले कांग्रेस र माओवादी केन्द्र मिलेर एमसीसी …
पुरा पढ्नुहॊस »आजको कोरोना अपडेटः १ हजार २६८ थपिए, २ हजार १९५ जना निको भए
नेपालमा आज १ हजार २६८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २४४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १९५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख २५ हजार ७५१ पुगेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ६८ हजार २९५ जना र एन्टीजेन परीक्षणबाट ८४ …
पुरा पढ्नुहॊस »गृहमन्त्री खाण सिन्धुपाल्चाेककाे बाढी प्रभावित हेलम्बु र मेलम्ची क्षेत्रमा
गृहमन्त्री बालकृष्ण खाण आज सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची पुगेका छन्। बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न उनी त्यहाँ गएका हुन्। गत असार १ र साउन १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिराेले ठूलो धनजनको क्षति भएको थियो। गृहमन्त्री खाणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। गृहमन्त्री खाणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको …
पुरा पढ्नुहॊस »भीम रावल भन्छन्, ‘१९५० को सन्धि र एमसीसी उस्तै हुन्, दुवै राष्ट्रघाती छन्’
नेकपा एमाले उपाध्यक्ष भीम रावलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको तुलना सन् १९५० को नेपाल–भारत सन्धिसँग गरेका छन्। १९५० को सन्धिको उदाहरण दिँदै उनले एमसीसी सम्झौता पनि त्यस्तै भएको जिकिर गरे। कार्की ब्यांकेट बबरमहलमा शनिबार एमालेद्वारा आयोजित एमसीसीलगायत पार्टीको आगामी रणनीतिबारे विशेष अन्तर्क्रिया कार्यक्रममा रावलले १९५० को सन्धिले नेपाली भूमि भारतीय कब्जामा गएजस्तै एमसीसी सम्झौताले नेपाल अमेरिकाको अधीन रहनुपर्ने तर्क गरे। ‘यसका विभिन्न धारामा नेपालको स्वतन्त्रता र …
पुरा पढ्नुहॊस »सुवास नेम्वाङद्वारा पार्टी विभाजनको औचित्य पुष्टि गर्न एकीकृत समाजवादीलाई चुनौती
नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीलाई चुनौती दिएका छन्। उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पारे। विनाविचारधारा, दर्शन र कार्यक्रमविना पार्टी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यस विपरित गएर माधव नेपालहरुले पार्टी फुटाएको आरोपसमेत लगाएका छन्। पार्टी निकट प्रगतीशील तथा …
पुरा पढ्नुहॊस »जेठ यता बाढीपहिरोबाट देशभर ११६ जनाको मृत्यु, ४४ बेपत्ता
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परि गत जेठ ३० गते यता ११६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६६ पुरुष र ४० महिला छन्। जसमा २९ बालबालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। रातिदेखिको भारी वर्षापछि पहिरोमा परेर पर्वतमा मात्रै आज ११ जनाको ज्यान गएको छ। उक्त अवधिमा बाढीपहिरो र डुबानमा १३६ जना घाइते भएका छन्। तीमध्ये ८८ पुरुष, ४८ महिला छन्। जसमध्ये ३१ …
पुरा पढ्नुहॊस »वामदेवले एमाले छाेडेः ओलीलाई भने, ‘तपाईंले आफूलाई सुधार्न सक्नुभएन’ (पत्रसहित)
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आज एक पत्र लेख्दै उनले पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएकाे बताएका हुन्। गौतमले स्वकीय सचिव दीपक टमटामार्फत पार्टी कार्यालय सचिव शेरबहादुर तामाङलाई सबै पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन्। पत्र यस्तो छ कमरेड अध्यक्ष नेकपा (एमाले), केन्द्रीय कार्यालय थापाथली, काठमाडौं। विषयः राजीनामा। कमरेड, नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट तपाइँ पार्टीको …
पुरा पढ्नुहॊस »पर्वत पहिरो अपडेट: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु
पर्वत । अविरल वर्षापछिको पहिरोले पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीकाअनुसार पहिरोले कुश्मा नगरपालिका ३ का एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७५ वर्षीया कौशिला पौडेल, ३५ वर्षीया भगवती पौडेल, १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ९ वर्षीय विनोद पौडेल छन्। त्यसैगरी पहिरोका कारण घर पुरिँदा कुश्मा …
पुरा पढ्नुहॊस »यातायात व्यवस्था विभागद्वारा उत्तीर्ण परीक्षार्थीलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु
यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ। स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही वर्षदिन कुुर्न पर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायीरुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था …
पुरा पढ्नुहॊस »