सन् २०२१ मा हालसम्म ६७ हजार विदेशी पर्यटक नेपाल भित्रिए

सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६६ हजार ९६६ विदेशी पर्यटक नेपाल आएका हुन्। अगष्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएका छन्। साे महिनामा नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिएका छन्।

अघिल्लो वर्ष सन् २०२० को सोही महिनामा जम्मा २६५ मात्र पर्यटक आएका थिए। कोभिड–१९ अघि सन् २०१९ को अगष्टमा ९४ हजार ७४९ पयर्टक नेपाल आएको तथ्याङ्क छ।

बोर्डका प्रवक्ता मणि लामिछानेले महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका बताए। उनका अनुसार यो वर्षको जनवरी महिनामा ८ हजार ८७४, फेब्रुअरीमा ९ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मे मा एक हजार ४६८, जुनमा एक हजार १४३ र जुलाईमा दुई हजार ९९१ विदेशी पर्यटक नेपाल आएका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग …

प्रतिकृया दिनुहॊस