भूकम्पले भत्किएका ललितपुर, नुवाकोट, रसुवा र धादिङका १४ वटा सांस्कृतिक सम्पदा तथा अन्य नौ जिल्लाका १०३ वटा स्वास्थ्य केन्द्र पुनः निर्माणका लागि भारत सरकारले चार अर्ब बीस करोड अनुदान प्रदान गर्ने भएको छ। अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज आयोजित एक कार्यक्रममा नेपालस्थित भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अधिकारीले हस्ताक्षर गरेका छन्। भत्किएका सांस्कृतिक सम्पदा तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रेका १०३ …
पुरा पढ्नुहॊस »एक अर्ब ६० करोड लगानीमा चोभारमा निर्माण भयाे सुख्खा बन्दरगाह, छिट्टै सञ्चालनमा आउने
चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाहकाे काम अन्तिमचरणमा पुगेसँगै सञ्चालनको तयारीमा छ। हिमाल सिमेन्ट कारखाना रहेको स्थानमा सरकारले एक अर्ब ६० करोड लगानीमा ५०० कन्टेनर अट्ने क्षमताको पूर्वाधार तयार गरेकाे हाे । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार पूर्वाधार निर्माण सकिएको सो बन्दरगाह भन्सार र क्वारेन्टिन तयार हुनासाथ सञ्चालनमा आउनेछ। समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बन्दरगाहमा भन्सार, क्वारेन्टिनको लागि तीन वटा भवन निर्माण गरिएको छ। यस्तै, सामग्री भित्र्याउने र पठाउन तीन …
पुरा पढ्नुहॊस »अमेरिकामा आएको बाढी र आँधीबाट ४४ जनाको मृत्यु
अमेरिकामा आएको बाढी र आँधीका कारण ४४ जनाको मृत्यु भएको छ। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्युयोर्क र न्युजर्सी राज्यमा गत बिहीबार रातभर बाढी र आँधी आएको थियो। मृत्यु भएका मध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए। घटनाका बारेमा टिप्पणी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यस घटनालाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने धारणा राखेका छन्। उनले जलवायु परिवर्तनलाई न्युनिकरण गर्न नसकेमा यस्तो संकट अरु पनि आइलाग्न सक्ने भन्दै त्यसका लागि …
पुरा पढ्नुहॊस »कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको स्वीकार्दै जापानका प्रधानमन्त्रीले राजीनामा दिने
जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजीनामा दिने भएका छन्। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकाले उनले राजीनामा दिन लागेका हुन्। प्रधानमन्त्रीको जिम्मेवारी लिएको झण्डै एक वर्षमै उनी जिम्मेवारीबाट बाहिरिन लागेका हुन्। उनको पार्टीमा निर्वाचनका कारण पनि उनले अहिले नै बाहिरिनु पर्ने अवस्था आइलागेको देखिएको छ। उनको लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)को निर्वाचन सेप्टेम्बर २९ तारिखमा हुन लागेको छ। त्यो निर्वाचनबाट नयाँ नेता आएपछि उनलाई …
पुरा पढ्नुहॊस »आगामी निर्वाचनपछि एमाले पुनः सरकारमा फर्कन्छः प्रवक्ता ज्ञवाली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दावी गरेका छन् । तत्कालका लागि सर्वोच्चको परमादेशबाट आफूहरु सरकारबाट बाहिरिनु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने बताएका हुन्। नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले आज लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई …
पुरा पढ्नुहॊस »पहिरोले चार जिल्लाको सम्पर्क विच्छेद, बिरामीको उद्धार हेलिकोप्टरबाट
पर्वत । अविरल वर्षापछि आएको पहिरोले गण्डकी प्रदेशका चार जिल्लाको सम्पर्क विच्छेद भएको छ। शुक्रबार बिहान पर्वतको कुश्मा नगरपालिकाका विभिन्न सात ठाउँमा पहिरो जाँदा बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङको सडक, बिजुली र सञ्चार सेवा विच्छेद भएको हो। बाटो अवरुद्ध भएपछि धौलागिरी अस्पताल बागलुङबाट गम्भीर बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरी पोखरा लगिएको छ। कुश्मा नगरपालिका–३ दुर्लुङमा दुईजनाको पहिरोले मृत्यु भएको छ। तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। सोही ठाउँमा …
पुरा पढ्नुहॊस »कांग्रेसकाे आसन्न १४औँ महाधिवेशनः देशभर वडा अधिवेशनको चहलपहल सुरू
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ, नगर वडा अधिवेशन प्रारम्भ भएको छ। कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये अधिकांश जिल्लामा आज वडा अधिवेशन सुरु भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। कांग्रेसको प्रारम्भिक तहको वडा अधिवेशनमा पार्टीका नेता कार्यकर्ता आफ्ना जिल्ला तथा वडामा चुनावी माहोलमा केन्द्रित भएका छन्। कतिपय वडाहरुमा सहमतिका साथ वडाको नेतृत्व चयन गरिएको छ भने कतिपय वडाहरुमा निर्वाचन प्रक्रिया भइरहेको समितिले जनाएको छ तर …
पुरा पढ्नुहॊस »हाम्राे पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेका छन्ः माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको बताएका छन्। उनले भदौ २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको पनि बताए। अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भए पनि त्यसबारे छलफल नभएको जानकारी दिए। बिहीबार अध्यक्ष नेपालले दाहालसँग भेट गरेका थिए। सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२/२३ …
पुरा पढ्नुहॊस »अफगानिस्तानमा ५ म्याग्नीज्युडको भूकम्प
अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५ म्याग्नीज्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) जानकारी दिएको छ। ग्रीनवीच समय अनुसार ०४ः५ सो भूकम्प गएको बताइएको छ। यस भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराईमा ३७.६१३३ डिग्री उत्तरी अक्षांश र ७०.३७८१ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचारमा हालसम्म प्राप्त भएको छैन।
पुरा पढ्नुहॊस »विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी प्रवृत्तिले मुलुकको हित गर्दैन: अध्यक्ष थापा
हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी मानसिकता र प्रवृत्तिले मुलुकको हित नगर्ने बताएका छन्। आज मकवानपुरको बकैया गाउँपालिका-३ हात्तिसुँढेमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिएको घटनासमेत बङ्ग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउँछ भन्ने आशा गर्न नसकिने भन्दै थापाले भने-“जयसिंह धामीलाई सरकारले न्याय दिनुपर्छ।” धर्म, संस्कृती र पहिचान समाप्त पारेर समृद्धिको चाहना सम्भव नहुने भन्दै थापाले …
पुरा पढ्नुहॊस »