संखुवासभा, संखुवासभाको मादी नगरपालिका-१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका ६ जनाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ। सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बूढी खोला घाटमा अन्त्येष्टि गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिए। भतिज एमविक्रमका अनुसार बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम भएपछि बूढी खोला घाटमा अन्त्येष्टि गरिएको हाे। शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की …
पुरा पढ्नुहॊस »राष्ट्रियसभाको दोस्रो बैठक पनि स्थगित, अर्काे बैठक भदाै २५ गते
राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र नाराबाजीका कारण दोस्रो बैठक पनि स्थगन भएको छ। प्रतिपक्षको निरन्तरको नाराबाजीका कारण अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अन्त्य गरेका हुन्। पहिलो बैठक पनि प्रमुख प्रतिपक्षको अवरोधका कारण अन्त्य भएको थियो। दोस्रो बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्ष दलका सांसद उठेर निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले अर्काे बैठक भदौ २५ गते दिनको १ बजे बस्ने गरी आजको बैठक स्थगन गरे। आजको बैठकमा गृहमन्त्री बालकृष्ण …
पुरा पढ्नुहॊस »पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य
लगानी बोर्डले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ। बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने जनाएको छ। उक्त लक्ष्यसहितको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको छ। बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औँ वार्षिकोत्सव समारोहमा उक्त योजना सार्वजनिक गरे। “दिगो विकास लक्ष्य हासिल गर्न कूल वार्षिक औसत पाँच …
पुरा पढ्नुहॊस »एमालेकाे विरोध रहँदै दलसम्बन्धी अध्यादेश संसदमा पेस
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन्। बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन्। यसअघि नेकपा एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई निर्णय प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो। …
पुरा पढ्नुहॊस »नवगठित एकीकृत समाजवादी संसदीय दलको विधान पारित
नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको विधान पारित गरेको छ। संसदीय दलका अध्यक्ष माधवकुमार नेपालकाे अध्यक्षतामा आज बसेको बैठकले विधान पारित गरेको हो। सो निर्णयसँगै पार्टीले गठन गरेको मस्यौदा कमिटी विघटन भएको छ। आज बसेको पार्टीको पहिलो संसदीय दलको बैठकले पाँच सदस्यीय मस्यौदा कमिटी गठन गरेको थियो। सो कमिटीमा भवानी खापुङ, शेरबहादुर कुँवर, नीरा जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी रहेका थिए।
पुरा पढ्नुहॊस »पाेखरामा डिशहोम फाइबर नेटको औपचारिक सुरुवात
डिश मिडिया नेटवर्क लि. ( डिश होम ) ले पोखरा मा डिशहोम फाइबर नेटको औपचारिक सुरुवात गरेको छ। आज नयाँबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाबाट समुद्घाटन सम्पन्न भएको छ। डिशहोमका तर्फबाट एरिया सेल्स मेनेजर , सेल्स अफिसर, टेक्निकल व्यक्तित्वहरु, विभिन्न संचार माध्यमका पत्रकार, डिलरहरु, स्थानीय समाज सेवी, बुद्दिजिविहरु सहभागी उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोम फाइबर …
पुरा पढ्नुहॊस »काेराेना अपडेटः नेपालमा आज १ हजार ६४० जना कोरोना संक्रमित थपिए
नेपालमा आज १ हजार ६४० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २९३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १६१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३३ हजार १६१ पुगेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ७३ हजार ५२९ जना र एन्टीजेन परीक्षणबाट ८६ …
पुरा पढ्नुहॊस »प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको छ। एमाले सांसदहरूले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
पुरा पढ्नुहॊस »प्रधानमन्त्री भन्छन्, ‘एमसीसीबारे जनमानसमा गलत हल्ला फैलाइयो’
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा जनमानसमा गलत हल्ला फैलाइएको बताएका छन्। नेपाली कांग्रेसको संसदीय दलको बैठकमा उनले एमसीसीबारे गलत हल्ला फैलाइएकोले त्यस भ्रमलाई चिर्न नेपाली कांग्रेसका सांसदलाई निर्देशन दिए। ‘हामीले अमेरिकाबाट देश विकासमा अनुदानका लागि एमसीसी सम्झौता गरेका हौं,’ उनले भने, ‘यो विकासका लागि दिइएको अनुदान हो। यसमा धेरै राजनीति गर्न खोजियो। त्यो आवश्यक छैन।’ कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमसीसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक …
पुरा पढ्नुहॊस »अफगानिस्तानबाट सयौं बालबालिकाको उद्धारः राष्ट्रसंघ
तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अस्थव्यस्थताबीच छुटेका सयौँ बालबालिकालाई उद्धार गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। उनीहरू अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानबाट आफ्ना बावुआमासँग विदेश जान विमानस्थल र वरपरका क्षेत्रमा पुगेका तर परिवारबाट छुटेका बताइएको छ। संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले बताएअनुसार अगस्त १४ देखि अफगानिस्तानबाट परिवारसँग बाहिरिने क्रममा छुटेका करिब ३०० जना बालबालिकाहरू दर्ता भएका थिए। युनिसेफ प्रमुख हेनरिएटा फोरले उनीहरूको सुस्वास्थ्य र सुरक्षाको चिन्ता व्यक्त गर्दै एउटा बयानमा भने, “हामीले …
पुरा पढ्नुहॊस »