प्रदिप नेपाल

एमालेको विधान महाअधिवेशन असोज दोस्रो साता, काे-काे सहभागी हुन पाउने?

नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले पार्टीको विधान महाअधिवेशन आगामी असोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा भएको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए। यसअघि अधिवेशन असोज ४ देखि ६ गतेभित्र आयोजना गर्ने निर्णय भएको थियो। दस्तावेज तयारीका निम्ति पर्याप्त समय नभएकाले विधान अधिवेशनको मिति सारिएको जानकारी दिँदै त्यस सम्बन्धमा थप …

पुरा पढ्नुहॊस »

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ। केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ। शनिबार विभिन्न संघसंस्थाले एमसीसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो। भाडावाला सरोकार समाजले अगुवाई गरेको प्रदर्शनमा युवाहरुको उल्लेख्य सहभागिता थियो। प्रदर्शनमा ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, नो एमसीसी’लगायत नारा लगाइएका थिए।न्युज कारखाना

पुरा पढ्नुहॊस »

पार्टी फुटबाट एमालेलाई जम्मा ९ प्रतिशत मात्र असर गरेको छः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताएका छन्। शनिवार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित वृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापीरुपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताएका हुन्। उनले नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने बताए। महासचिव पोखरेलले नेकपा एमाले अब हिजो …

पुरा पढ्नुहॊस »

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

अर्थमन्त्री जनार्दन शर्मा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ। शनिवार एमसीसी उपाध्यक्ष सुमार अर्थमन्त्री शर्मालाई भेट्न सिंहदरवार पुगेकी हुन्। चार दिने नेपाल भ्रमणमा रहेकी उनले यस अघि एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, ऊर्जामन्त्री पम्फा भुसाल, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतसँग पनि भेट गरिसकेकी छिन्।

पुरा पढ्नुहॊस »

राष्ट्रियतामाथि हमला भइरहेको विप्लव समूहको निष्कर्ष

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ। शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो। पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले तीन/चार वर्षअघि एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भएको बताए। उनले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाए। सरकारले …

पुरा पढ्नुहॊस »

एमसीसी सम्झौता हुँदै हुन्न भन्ने पक्षमा एमाले छैन, तर संशोधन हुनु पर्छः योगेश भट्टराई

नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ। तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। स्थायी समिति बैठक बसेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले एमसीसी सम्झौता हुँदै हुन्न भन्ने पक्षमा एमाले नरहेको बताए। ‘एमसीसीलाई रिजेक्ट गर्ने एमसीसी हुँदै हुँदैन भन्ने हाम्रो डिस्कोर्स होइन। एमसीसीमा भएका कतिपय व्याख्याहरुलाई …

पुरा पढ्नुहॊस »

नेपालमा आज ९९४ संक्रमित थपिए, १ हजार ३६८ निको भए

नेपालमा आज ९९४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २१७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३६८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टीजेन परीक्षणबाट ८६ हजार ६२१ …

पुरा पढ्नुहॊस »

सर्वोत्तम स्टिलमा विष्फाेटमा परि घाइते १५ मध्ये पाँच मजदूरको मृत्यु

वीरगञ्जस्थित सर्वोत्तम स्टिल उद्याेगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदूरको मृत्यु भएको छ। गत भदौ १० गते सो उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किँदा १५ मजदुर घाइते भएका थिए। तीमध्ये गम्भीर घाइते भएका ६ जना मजदूरलाई उपचारका लागि विहारको पटनास्थित अपोलो अस्पतालमा लगिएको थियो। उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृत्यु हुनेमा भारतको विहारका ५२ वर्षीय विनोद पाण्डे, २७ …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक मङ्गलबार बस्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक भदौ २९ गते मङ्गलबार काठमाडौँमा बस्ने भएको छ। बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्। यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरुलाई जिम्मेवारी प्रदान गरेको थियो। नेकपा (एकीकृत समाजवादी)ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने क्रममा जनवर्गीय …

पुरा पढ्नुहॊस »

सेप्टेम्बर १३ देखि पाकिस्तान एयरलाइन्सले काबुलको उडान भर्ने

पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले अर्को हप्तादेखि इस्लामाबाददेखि काबुलसम्मको व्यवसायिक उडान गर्ने भएको छ। उक्त एयरलाइन्सका प्रवक्ताले जनाएअनुसार अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछिको यो नै पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान हुनेछ। प्रवक्ता अब्दुल्लाह अफिज खानका अनुसार उक्त उडानको सम्पूर्ण तयारी पूरा भएको छ। विमान (ए ३२०) ले सेप्टेम्बर १३ मा इस्लामावाददेखि काबुलको उडान गर्नेछ।  

पुरा पढ्नुहॊस »