प्रदिप नेपाल

मानव बेचबिखनको आरोपमा दुई महिला पक्राउ, दुई युवतीको उद्धार

सिरहा, सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ। १६ र १९ वर्षका दुई युवतीलाई भारततर्फ बेचविखनको लागि लैजाने क्रममा प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नरहा नगरपालिका-३ चोहर्वाबाट सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढिमाई नपा १ बाखैरकी ३५ वर्षीया उषा देवी मलाहलाई पक्राउ गरेको हो। उनीहरुले ती युवतीलाई लाहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाइदिने भनी बोलाएको प्रहरीले जनाएको …

पुरा पढ्नुहॊस »

कांग्रेस महामन्त्री कोइराला भन्छन्, ‘सभापतिको दौडबाट पछि हटेकाे छैन, हट्दिन पनि’

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन्। आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन्। उनले भने, “हैन म कहाँ ब्याक हुन्छु। म त उठ्ने नै प्रयत्न गर्दैछु।” महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताए। उनले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको …

पुरा पढ्नुहॊस »

पानवाली बहिनीको क्यारेम बोर्ड (संस्मरण)

महेशराज खरेल करिब ३० वर्षे जागिरे जीवनबाट निवृत भएपछि गाउँ जाने रहरको ढोका खुल्यो। नानी बाबुको कजेज छुट्टीले श्रीमती जीलाई पनि फुर्सद मिल्यो। आमा यसै फुर्सद हुनुहुन्थ्यो। उमेरले नेटो काटेको भए पनि (परार साल चौरासी गरे पछि स्वास्थ्य अझ सुध्रिएको थियो ।) आमामा घुम्ने र गफ गर्ने उत्साह रत्ति घटेको थिएन। यसरी सबैको एकैचोटी फुर्सद मिल्नु संयोग मात्र थिएन मेरा निमित एक सुन्दर अवसर पनि भयो। अर्को कुरा निवृत कर्मचारी …

पुरा पढ्नुहॊस »

सेप्टेम्बर ११, विश्व नै स्तब्ध भएको त्यो दिन

न्युयोर्क, आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो। सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो। हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो। अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार विमानलाई अपहरण गरी न्यूयोर्क र वासिंगटनका महत्त्वपूर्ण भवनमा जोताएका थिए। दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा बिस्फोट गराइएको थियो। स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ …

पुरा पढ्नुहॊस »

उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने सरकारकाे घोषणा सकारात्मक छ: परिसङ्घ

अर्थमन्त्री जनार्दन शर्माले आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन र आन्तरिक आयमुखी बनाउने नीतिसहित चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधयेक प्रस्तुत भएको गरेकामा नेपाल उद्योग परिसङ्घले स्वागत गरेको छ। प्रतिस्थापन विधेयकका सन्दर्भमा प्रतिक्रिया सार्वजनिक गर्दै परिसङ्घले नेपालको औद्योगीकरण र उत्पादनमूलक अर्थतन्त्रको विकासका लागि सरकारले अगाडि सारेका नीतिहरू सकारात्मक रहेको जनाएको छ। स्वदेशी उत्पादनको संरक्षण, निर्यातयोग्य एवम् तुलनात्मक लाभका वस्तुहरूको पहिचान र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गरी व्यापार घाटा न्यूनीकरण गर्ने …

पुरा पढ्नुहॊस »

अब यूट्यूब पनि करको दायरामा, एक प्रतिशत अग्रिम कर तिर्नु पर्ने

पछिल्लो समयमा यूट्यूबको अकान्ट खोल्ने, भिडियो राख्ने र त्यसैलाई पेशा व्यवसाय बनाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ। तर, त्यसैको आडमा विकृति पनि उत्रिके मौलाएको छ। राम्रै आम्दानी हुने भए पनि उक्त क्षेत्र करको दायरामा आउन सकेको थिएन। अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभामा पेश गरेको चालु आर्थिक वर्षको बजेटमा यूट्यूबलाई समेत करको दायरामा ल्याइएको छ। जानकारहरूका अनुसार नेपालभित्र पनि यूट्यूबमार्फत आम्दानी गर्नेको सङ्ख्या बढ्दै गएको सन्दर्भमा त्यसलाई करको दायरामा ल्याइएको हो। यसबाट …

पुरा पढ्नुहॊस »

सरकारले ल्याएकाे प्रतिस्थापन विधेयकमा के छ?

सरकारले चुलिँदो व्यापार घाटालाई कम गर्ने ध्येयका साथ सम्भव भएसम्मका आवश्यक काम तोकेर तीन महिनाभित्र कार्यान्वयन गर्ने भएको छ। आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ९८ अर्ब ७१ करोड बराबर पुगेको थियो। रु नौ खर्ब ६१ अर्ब पाँच करोड बराबरको विप्रेषण आप्रवाह भएकामा झण्डै रु १४ खर्ब बराबरको व्यापार घाटा भएको छ। यो अवस्थाको अन्त्यका लागि सरकारले वैदेशिक व्यापार सन्तुलन गर्ने नीतिगत र …

पुरा पढ्नुहॊस »

माैसममा सुधारः तत्काल भारी वर्षाको सम्भावना छैन

मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ। मौसमविद्का अनुसार मनसुनको न्यून चापिय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर छ। जसकारण ठूलो वर्षाको सम्भावना छैन। तर, हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। काठमाडौं उपत्यकामा शनिबार बिहान घाम लागेको छ । दिउँसो र राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ। सोमबार राति भने प्रदेश १ को एक वा …

पुरा पढ्नुहॊस »

दोस्रो मैत्रीपूर्ण क्रिकेटमा पपुवा न्युगिनीमाथि नेपालकाे सहज जीत

पपुवा न्युगिनीसँगको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपाल १५१ रनले विजयी भएको छ। नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर १ बलमा अल आउट हुँदै ८२ रन मात्र बनाउन सफल भयाे। पीएनजीका लागि टोनी उराले १९ र चार्ल्स अमिनीले १६ रन बनाएका थिए। बलिङतर्फ नेपाली लेग स्पिनर सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट प्रदर्शन गरे। ५ ओभर १ बल बलिङ गरेका सन्दीपले ११ रन दिएर ६ विकेट लिए। त्यस्तै …

पुरा पढ्नुहॊस »

बाँकी क्रियाशील सदस्यता अविलम्ब प्रकाशन गर्न कांग्रेसका युवा नेताहरूकाे माग

नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीका क्रियाशील सदस्यता प्रकाशित हुन बाँकी जिल्लाको नामावली अविलम्ब प्रकाशित गरि वडा अधिवेशन सम्पन्न गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्। पार्टीका एक दर्जन युवा नेताले शुक्रबार संयुक्त वक्तव्यमार्फत देशभर अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि केही जिल्लाको क्रियाशील सदस्यताको सूची प्रकाशित हुन नसक्दा वडा अधिवेशनको कार्यतालिका नै प्रभावित भएको उल्लेख गरेका छन्। हाल कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिकाअनुसार ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ भने २० जिल्लाको क्रियाशील …

पुरा पढ्नुहॊस »