नेपालमा आज ९९४ संक्रमित थपिए, १ हजार ३६८ निको भए

नेपालमा आज ९९४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २१७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३६८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टीजेन परीक्षणबाट ८६ हजार ६२१ जना पुगेको छ।

आज १२ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ।

आज ९ हजार ८४० जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४० लाख १४ हजार १८३ जनाको पिसिआर र ५ लाख ८ हजार ८४१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री